
श्रावण १७,
डोल्पा : डोल्पामा मादक पदार्थ सेवन गरी जिप चलाइ रहेका एक चालक पक्राउ परेका छन। मादक पदार्थ सेवान गरी यात्रुवाहक जिप चलाइरहेका एक चालकलाई प्रहरीले पक्राउ गरेको हो। त्रिपुरासुन्दरी नगरपालिका–५ करवगार्डस्थित भेरी करिडोर सडक खण्डमा शनिबार बेलुका करिब ८ बजे नियमित सवारी चेकजाँचका क्रममा प्रहरीले चालक पक्राउ गरेको हो।
रुकुम पश्चिमबाट डोल्पातर्फ आउँदै गरेको लु १ ज ४१७३ नम्बरको यात्रुवाहक जिपका चालक जाजरकोटको नलगाड नगरपालिका–४ कैन्याका २४ वर्षीय रामबहादुर बिक मादक पदार्थ सेवन गरी सवारी चलाइरहेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ। प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय करवगार्डबाट खटिएको प्रहरी टोलीले चालकलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो समय भेरी करिडोर सहित डोल्पाका आन्तरिक सड्कहरुमा सवारी चलाउने चालकहरुले मादक पदार्थ सेवानका साथै लापसे समेत गरेर चलाउने गरेको यात्रुको गुनासो रहेको छ । नेपाल प्रहरीले अव लापसे चेकजाँचमा कडाई गरेमा सुरक्षित यात्रा बन्नेमा नागरिकको बिश्वास रहेको छ । यातायात सहजता भएसँगै डोल्पामा लागु औषध कारोवार समेत बढ्दै गएपछि प्रहरीले थप सुरक्षा चेकजाँचमा कडाइ गरि रहेको छ ।