५० जना बालबालिकालाई नेपाल लाईफ इन्स्योरेन्स उपशाखा डाेल्पाद्वारा झाेला वितरण

जैतुन अनलाइन | २०८३ मङ्सिर १० गते बुधवार

डाेल्पा । नेपाल लाईफ इन्स्योरेन्स उपशाखा डाेल्पाद्वारा ५० जना बालिकाहरुलाई झाेला वितरण गरिएको छ। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत डाेल्पाकाे मुड्केचुला गाउँपालिका वडा नं. ६ स्थित श्री मालिका माध्यमिक विधालयमा अध्ययनरत ५० जना दलित, जेहेन्दार छात्रा, छात्रलाई शैक्षिक सामाग्री झाेला वितरण गरिएको नेपाल लाईफ इन्स्योरेन्स उपशाखा डाेल्पाका प्रमुख पदम बहादुर शाहीले बताए ।

 

डाेल्पाका सदरमुकाम दुनै बजार देखि टाढा गाउँ बस्तीमा रहेकाे विधालयमा दलित तथा जेहेन्दार बालबालिकालाई झाेला वितरण गरिएको हाे। धेरै जसाे निकायकाे सहयाेग वितरण सदरमुकाम आसपास केन्द्रीत हुने गर्दछ। नेपाल लाईफ इन्स्योरेन्स डाेल्पा शाखाले भने जहाँ यति महत्त्वपूर्ण सहयाेग आउँछ भन्ने कल्पना समेत नगरेकाे स्थानकाे विधालयमा अध्ययनरत बालबालिकालाई झाेला वितरण गरेकाे हाे।

शैक्षिक सामाग्री बाेक्नकाे लागि बिमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्सले झाेला वितरण गरेपछि मालिका मावि नर्कु डाेल्पामा अध्ययनरत बालबालिकाले सहयाेगी धन्यवाद व्यक्त गरेका छन।

बालबालिकाकाे लागि अतिआबश्यक पर्ने झाेला वितरणमा सहजीकरण गर्ने नेपाल लाईफ इन्स्योरेन्स उपशाखा डाेल्पाका प्रमुख पदम बहादुर शाही र झाेला सहयाेग गर्ने निकाय नेपाल लाईफ इन्स्योरेन्स कम्पनीलाई मालिका माध्यमिक विधालयका व्यवस्थापन समिति अध्यक्ष लंक बहादुर शाही र प्रधानाध्यापक ज्ञानेन्द्र बहादुर शाहीले धन्यवाद व्यक्त गरेका छन। आगामी दिनमा अझै सहयाेग र सहकार्यकाे आशा गरेकाे उनिहरुले बताएका छन।