
श्रावण १३,
डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विभिन्न विद्यालयहरूलाई सूचना तथा सञ्चार प्रविधि (ICT) सम्बन्धी सामग्री वितरण गरेको छ। त्रिपुरासुन्दरी नगरपालिकाको आयोजनामा मिति २०८३ साल श्रावण १२ गते सम्पन्न कार्यक्रममा नगरप्रमुख जनचन्द्र रोकाया लगाएत जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिका भित्रका जम्मा १८ वटा आधारभूत तथा माध्यमिक तहका विद्यालयहरूलाई कम्प्युटर, ल्यापटप, प्रिन्टर, प्रोजेक्टर, पेन ड्राइभ, फोटोकोपी पेपर लगायतका ICT सामग्री प्रदान गरिएको त्रिपुरासुन्दरि नगरपालिका डोल्पाले जनाएको छ । उक्त ICT सामाग्री वितरणले सामुदायिक विद्यालयहरू लाभान्वित भएका छन् ।

गाउँपालिकाले वितरण गरिएको ICT सामग्रीको प्रभावकारी प्रयोगमार्फत शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । साथै, विद्यालयहरूलाई सामग्रीको संरक्षण र अधिकतम उपयोग गर्न पनि आग्रह गरिएको नगरपालिकाको शिक्षा युबा तथा खेलकुद शाखामा कार्यरत शैक्षणिक स्रोत ब्यक्ति नवीन कुमार शाहिले बताएका छन ।