

श्रावण १२,
सुर्खेतः कर्णालीमा मुख्यमन्त्रीका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मंगलबहादुर शाहीको दाबी पेस भएको छ । नेकपा कर्णाली संसदीय दलका नेता मुगुका शाहीले मंगलबार साँझ प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका कार्यालयकी सूचना अधिकारी मनमाया काउचाले जानकारी दिइन् । शाहीलाई नेकपा र एमालेका गरी २४ प्रदेश सांसदको समर्थन छ ।
४० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १४, सभामुखसहित एमालेका १०, राप्रपा र अन्य १र१ जना सदस्य छन् । प्रदेशमा सरकार गठनका लागि २१ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।
प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आज ९मंगलबार साँझ० ५ बजेसम्म दाबी पेस गर्न समय दिएका थिए । संविधानको धारा १६८ ९२० अनुसार प्रदेश जोशीले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि आह्वान गरेका थिए । यो सँगै कर्णाली प्रदेश सरकारको पाँचौ मुख्यमन्त्रीका रुपमा शाही मुख्यमन्त्री नियुक्त हुँदै छन् ।
शाही मुगु प्रदेशसभा २ बाट तत्कालीन माओवादी र नेपाली कांग्रेसबीचको लोकतान्त्रिक(वाम गठबन्धनका तर्फबाट विजयी भएका थिए । शाहीले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री भएर काम गरिसकेका छन् ।