काईके गाउँपालिकाको बजेट ३३ करोड भन्दा धेरै पारित : कर्मचारी सम्मानीत

जैतुन अनलाइन | २०८३ असार १० गते बुधवार

असार १०,

शहरतारा डोल्पा : काईके गाउँपालिकाको बजेट ३३ करोड भन्दा धेरै पेश भएर पारित भएको छ । आगामी आर्थिक बर्ष २०८३/०८४ का लागी पेश भएको कुल ३३ करोड ३७ लाख ४९ हजार १ सय ८३ रुपैया ८० पैसाको बजेट १७औँ गाउँ सभावाट पारित भएको हो । काईके गाउँपालिकाको केन्द्र शहरतारा बगरमा भएको पालिकाको १७औँ गाउँ सभामा उपाध्यक्ष निमा बुढाले पेश गरेको बजेट सर्वसम्मत रुपमा पारितएको थियो । कुल बजेटको चालु तर्फ १८ करोड ६३ लाख ८२ हजार १ सय ८३ रुपैया ८० पैसा र पुजीगत तर्फ १४ करोड ७३ लाख ६७ हजार रुपैया बिनियोजन भई पारित भएको छ ।

स्थानीय सरकार संचालन ऐन अनुसार सभामुखको भुमिका निर्वाह गर्दै गाउँपालिका अध्यक्ष अंगद कुमार रानाले आगामी आर्थिक बर्ष ३०८३/०८४ को बजेटमा  गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता र नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेको बताए । अध्यक्ष रानाले भने जलवायु परिवर्तन,स्थानीय रैथाने वाली संरक्षण प्रबर्द्धन, कृषि पशुपालनमा जोड दिएको र शिक्षा,सवास्थ्यमा समेत पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए ।

काईके गाउँपालिकाले नियमित कार्यक्रमलाई प्रथथमिकता दिदै बिभिन्न क्षेत्रमा सम्मान तथा नगद सम्मान गरेको छ । पालिकाभरमा उत्कृष्ट काम गर्ने पशु साखाका प्राबिधिक पाँचौं टेकेन्द्र कुमार क्षेत्रि / र सहायक चौथो बसन्द केसि सम्मानीत भएका छन । क्षेत्रि र केसिले नगद ५०-५० हजार नगद सहित दोसल्लाह र प्रमाणपत्र राईकावाट गाउँपालिका अध्यक्षले सम्मान गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर नेपालीले जानकारी दिए । प्रशासकिय अधिकृत नेपालीका अनुसार उत्कृष्ट शिक्षा प्रदान गर्ने काईके ५को भेरी आधारभुत बिधालय नगद १ लाख प्रमाणपत्र सहित सम्मान गरिएको बताए । त्यसैगरी प्रथम गाउँपालिका स्तरीय पिरक्षामा प्रथम हुने अरनिको माबिका कक्षा ८ का छात्र सुजन बुढालाइ नगद ५ हजार र कक्षा ५ का अबिक्षा झाँक्रीलाइ नगद ५ हजार प्रदान गरी सम्मान गरिएको समेत नेपालीले जानकारी दिए ।

काईके गाउँपालिकाले बिगत केहि बर्ष देखी कार्यसम्पादनमा उत्कृष्ट कर्मचारी र बिधालयहरुलाई सम्मान गर्दै आएको छ । यसरी सम्मान गर्दा कर्मचारीको मनोवल उच्च हुने र नागरिकको सेवामा थप सहजता आउनेमा बिश्वस्त रहेको गाउँपालिका अध्यक्ष अंगद कुमार रानाले बताए । रानाले भने हामीले बजेट सधै जसो जनताकै हितमा हुनेगरी ल्याएकाछौ अपेक्षा जनप्रतिनिधि,कर्मचारी र जनताको सहकार्यमा सफल हुनेछ ।