

जेठ २२,
डोल्पाः कर्णाली प्रदेश सरकारले कार्यसम्पादमा उत्कृष्ट ठहर गर्दै डोल्पाका तीन जना शिक्षकलाई सम्मान गरेकाे छ । सामाजिक मन्त्रालय अन्तर्गत रहेको शिक्षा विकास निर्देशनालय सुर्खेतले सम्मान गरेको हाे । निर्देशनालयको आर्थिक बर्ष २०८२/०८३ को कार्यक्रमअनुसार शिक्षा क्षेत्रमा लगनशिल कार्यनिष्ठ र उत्कृष्ट सेवा पुर्याएबापत नगद पुरस्कार र प्रमाण पत्रले सम्मान गरिेएको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
उत्कृष्ट हुने शिक्षकहरुमा डोल्पाको जगदुल्ला गाउँपालिका २ स्थित त्रिपुरा साधारण तथा प्राविधिक माध्यमिक विद्यालय काईगाउँका मावि शिक्षक प्रधानाध्यापक जयबहादुर बस्नेत, मुड्केचुला गाउँपालिका-६ नर्कु स्थित मालिका माध्यमिक विद्यालयका निमावि शिक्षक दामोदर ज्ञवाली र त्रिपुरासुन्दरी नगरपालिका-१० लिकुस्थित जनप्रभा साधारण तथा प्राविधिक माध्यामिक विद्यालयका द्वितीय शिक्षिका बुद्वा पहाडी रहेका छन् ।
शिक्षा विकास निर्देशनालयले उत्कृष्ट हुने तीन जना शिक्षकलाई नगद ३५ हजार सहित प्रशंसा पत्रले सम्मान गरेको छ । आफूहरुको कामको उच्च मुल्यांकन गरेर सरकारले सम्मान गर्दा आगामी दिनका लागि पनि हौसला मिलेको शिक्षकहरुले बताएका छन् ।