“दुनैमा खानेपानी मिटर जडान सुरु गरिदै, पारदर्शी सेवा र सही मापनतर्फ कदम”

जैतुन अनलाइन | २०८३ बैशाख २३ गते बुधवार

बैशाख २३,

डोल्पा : दुनैमा खानेपानी उपभोक्ता समितिले धारामा मिटर जडान गर्ने भएको छ । खानेपानीको धारामा सहज र सहि व्यवस्थापन गर्नका लागी उपभोक्ता समितिले मिटर जडान गर्न लागेको हो । बिषेश गरी दुनै बजार क्षेत्रमा खानेपानी बितरण गर्दै आएको दुनै खानेपानी उपभोक्ता समितिले धेरै समय देखी हाल सम्म पनि खानेपानीको सही रुपमा व्यवस्थापन गर्न सकेको छैन । यहि अव्यवस्थित रहेको खानेपानीलाई सहि व्यवस्थापन र सहज बनाउन अव धारामा मिटर जडान गर्न लागीएको दुनै खानेपानी उपभोक्ता समितिका अध्यक्ष बबिकिशोर गुरुङ्गले जानकारी दिए ।

धारामा मिटर जडान भए पश्चात पानिको नियन्त्रण हुने र सवैका धारामा आवश्यक्ताका अनुसार पानी पुग्ने अध्यक्ष गुरुङ्गले बताए । उनले भने दुनै खानेपानीवाट जडान भएका ३ सय १६ वटा धारामा पानी नआउने भन्ने छैन तर धेरै जसोले धारा खुला छोड्ने अनाबश्यक पानि प्रयोग गरेकै कारण समान रुपमा पानी नजाने समस्या रहेकोले अब मिटर जडान गरे पानीको प्रयोगमा मितव्यी हुनेछ । खानेपानीको धारामा मिटर जडानको तयारी भैई रहेको र जेठ महिनादेखी धारामा मिटर जडान गरीने छ तर मिटर जडान पछि ग्राहकले प्रति यूनिट कति रुपैया तिर्नुपर्ने भन्ने बिषयमा अध्ययन भई रहेको अध्यक्ष गुरुङ्गले बताए ।

दुनै खानेपानी उपभोक्ता समितिले हाल सम्म ३ सय १६ वटा धारा जडान गरी खानेपानी दिदै आएको छ । जस मध्य ६१ वटा धारा ब्यक्तिगत,२ सय २९ वटा धारा व्यापसायीक र २६ वटा धारा सरकारी कार्यलयमा जडान गरि खानेपानी बितरण गरिएको छ । खानेपानीको समस्या धेरै व्यावसायीलाई हुने गरेको र केहिका धारामा पानी आउने र कतै पानी नै नआउने समस्याले हैरान बनाएको व्यावसायीको गुनासो छ । खानेपानी उपभोक्ता समितिले पानी नदिने र पैसा मात्रै लिने गरेको स्थानीयको आरोप छ तर खानेपानी उपभोक्ता समितिका पदाधीकारी भन्छन त्यो आरोप मिथ्या हो केहि ब्यावसायी र स्थानीयले पाईप नै व्यवस्थित नगरेकै कारण पानी नआएको हो दुनै खानेपानी उपभोक्ता समितिले सकेको सवै सहयोग गरी खानेपानी प्रदान गरि रहेको छ ।

 

दुईवटा मुहानवाट दुनै खानेपानी उपभोक्ता समितिले खानेपानी प्रदान गरि रहेको छ । शाली खोला र पाल्चाखोला वाट गरी २ लाख ४० हजार लिटर पानी आउने गरेको छ भने दैनिक बिहान बेलुकी गरी ७ घण्टा भन्दा धेरै खानेपानी बितरण गरिने गरेको दुनै खानेपानी उपभोक्ता समितिका अध्यक्ष बबिकिशोर गुरुङ्गले जानकारी दिए । गुरुङ्गका अनुसार पाल्चाखोलावाट ९० घनमिटरको रिजर्भ ट्याङ्कीवाट पानि संकलन भई बितरण हुने र पाल्चाखोलावाट एक सय एमएमको पाईपवाट ५० का ३ वटा रिजर्भ ट्याङ्कीवाट दैनिक ७ घण्टा भन्दा धेरै बितरण गर्दा ३ सय १६ वटा धारामा २ लाख ४० हजार लिटर पानी पूरै खर्च हुने गरेको बताए । उपल्लोदुनै अहिले ९०घनमिटर (२०६० सालमा बनेको अब भत्काएर १२८ घनमिटर को बनाउन ठेक्का खुलेको छ तर पानी सवैकोमा नपुग्नु अधिकांश धारा खुला राखिनु नै भएको उपभोक्ता समितिको निश्कर्ष छ ।

बिल नै तिर्दैनन उपभोक्ता

दुनै खानेपानीका उपभोक्ता समितिले जडान गरेर पानी खादै आएका उपभोक्ताले पानीको न्युनतम बिल पनि तिरेका छैनन । ब्यक्तिले जडान गरेका १४ धाराका मालिकले २ बर्ष भन्दा धेरै समयको पानीको बिल तिरेकाछैनन भने ४५ वटा व्यावसायी धाराको पानीको बिल तिरेका छैनन । त्यसै गरी १० वटा सरकारी कार्यालयका १ बर्ष भन्दा धेरै देखीको पानीको बिल तिरेका छैनन । पटक पटक पत्राचार सार्वाजानीक सूचना जारी गर्दा पनि पानीको बिल नतिरेको दुनै खानेपानी उपभोक्ता समितिका अध्यक्ष बबिकिशोर गुरुङ्गले सुनाए । उनी भन्छन हामी खाेनपानी व्यवस्थीत बनाउदैछौ बिल तिरे राम्रो नतिरे पानीको लाईन काटीनेछ पुन जडानको लागि सहज हुनेछैन।

दुनै खानेपानी उपभोक्ता समितिले हाल सम्म ब्यक्तिलाई १ सय ५० व्यावसायीहरुलाई २ सय र सरकारी कार्यालयलाई ५ सय रुपैया  न्यनतम मासिक महशुल लिदै आएको छ । त्यहि न्यनतम महशुल पनि नतिरे पछि उपभोक्ता समितिलाई कर्मचारी व्यवस्थापनमा कठिन भएको समितिको दुखेसो छ । हाल दुनै खानेपानी उपभोक्ता समितिमा ४ जना कर्मचारी छन जसमध्य २ जना पूर्ण रुपमा काम गर्छन भने २ जना कामका आधारमा काम गरि रहेका छन । मासिक ६० हजार भन्दा धेरै खर्च हुने गरेको र त्यति नै आम्दानी हुने गरेको अध्इ गुरुङ्गले जानकारी दिए ।

खानेपानी सिचाई तथा उर्जा बिकास कार्यालयले हाल सम्म एक करोड भन्दा धेरै आर्थिक सहयोग गरेको दुनै खानेपानी उपभोक्ता समितिका अध्यक्ष बबिकिशोर गुरुङ्गले जानकारी दिए । उनले भने हरेक बर्ष १० लाख देखी ३० लाख सम्म कार्यालयले सहयोग गर्ने गरेको छ तर पनि भने अनुसारको बजेट हैन त्यति नै भएपनि थप सहज भएको छ । यस बर्ष पनि रिजर्भ ट्याङ्की निर्माण गरि रहेको र जिआई पाईप र मर्मतमा सहयोग गरिदिए सहज हुने अध्यक्ष गुरुङ्गको बुझाई छ ।