थापाथली स्थित सुकुमवासी बस्तीमा चल्यो डोजर : तस्वीरमा हेर्नुहोस

जैतुन अनलाइन | २०८३ बैशाख १२ गते शनिवार

काठमाडौँ : थापाथली स्थित सुकुमबासी बस्तीमा डोजर चलेको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउन डोजर चलाइएको हो  ।

बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिपछि बस्तीका मानिसले आफ्नो सामान हटाउन थालेका थिए । बस्तीमा रहेका मान्छेलाई बाहिर निकाल्न प्रहरीले सघाइरहेका छन् । सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले बाक्लो सङ्ख्या नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी तैनाथ छन् । स्थिति शान्तिपूर्ण छ ।