सरकारले भन्यो– सुकुमवासी बस्ती खाली गर्दा बल प्रयोग हुँदैन

जैतुन अनलाइन | २०८३ बैशाख ११ गते शुक्रवार

 वैशाख ११,

काठमाडौं : सरकारले नदी किनारमा रहेका सुकुम्वासी बस्तीलाई हटाउन बल प्रयोग नगर्ने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा एवं युवा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रहरीको बल प्रयोग गरेर सुकुमवासी बस्ती खाली नगर्ने बताएका हुन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।‘जबरजस्ती प्रहरीको बल प्रयोग गरे डोजर लगाउने योजना सरकारको छैन । हामीले उहाँहरूलाई सेफ ठाउँमा त्यताबाट सार्न सरकारले काम अघि बढाएको हो,’ उनले भने । पार्टीको वाचापत्रमा भएका कुरा, कार्ययोजनामा भएको कुरा र निर्णयमा प्रतिबद्ध रहेको पनि उनले बताए ।

‘वास्तवमा तीनवटा सुकुमवासी बस्ती जहाँ विगतमा बाढी आउँथ्यो,’ पोखरेलले भने, ‘बाढी आएपछि ज्यान बचाउन भाग्नुपर्ने अवस्था यसअघि विभिन्न वर्षमा आएका थिए ।देशका सबै ठाउँका सुकुमवासीको दीर्घकालीन समाधान गरिने भन्दै उनले सुकुमवासीमाथि विगतमा हुने गरेको राजनीति अब नहुने धारणा उनले राखे । पोखरेलले प्रारम्भिक चरणमा बाढीको जोखिम रहेका उपत्काका तीन वटा सुकुमवासी बस्ती हटाइने र सुरक्षित स्थानमा राखिने पनि बताए ।