सञ्चार बिच्छेदको मारमा जगदुल्ला गाउँपालिका

जैतुन अनलाइन | २०८३ बैशाख ७ गते सोमवार

बैशाख ०७,

डोल्पा : जगदुल्ला गाउँपालिका महिनौ देखी सञ्चारको सेवावाट बञ्चीत हुदै आएको छ । माईक्रोवेव लिङ्क मार्फत सञ्चालनमा रहेको मोवाईल टावर पावर अभाबले बन्द हुदा पालिकाभिरका नागरीक सञ्चारको पहुचवाट पञ्चित भएका हुन । रिमीको थुप्लाक्नामा रहेको टावरमा शोलार पावरले धान्न नसकेपछि घाम डुब्ने बित्तिकै टावर बन्द हुने गरेको हो ।

करिव दुई मिहना पहिला कुच्चेखोलाको बिजुली प्राबिधिक कारण बन्द भएपछि बुजीलको आपुर्ति नहुदा टावरमा महिना दिनदेखी दिउसो ७ देखी ८ घण्टा मात्रै संचालन हुने गरेको छ । गाउँपालिकाले नेपाल टेलीकमलाइ पावर थप गरि सञ्चालन गरीदिन बारवार प्रादेशिक कार्यालयलाई अनुरोध गरेपनि सुनुवाई नभएको जगदुल्ला गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र ऐडिले जानकारी दिए । ऐडिले भने बिजुली बन्न अझै समय लाग्छ सञ्चारको पहुच भने अनुसार नहुदा दैनिक काममा समेत समस्या भएको छ । तत्काल शोलार पावर थप गरी मोवाईल टावर सञ्चालन गरिदिन समेत नेपाल टेलीकमलाइ आग्रह गरेका छन ।

दिनमा घाम लागेको बेलामा मोवाईल सेवा चल्छ तर जनसंख्याको हिसाबले धेरै रहेकोले ईन्टरनेट भने चल्दैन । थुपलाग्नाको टावरको कारण काईगाउँको डाँडामा रहेको अर्को टावर समेत बन्द हुने गर्दा बेलुकी ४ बजेपछि जगदुल्ला गाउँपालिका नै सञ्चार बिहिन हुने गरेको स्थानीय चन्द्र बहादुर थापाले सुनाए । द्रुत गतिको ईन्टरनेट सहितको सेवा दिएको भन्नेर गफ दिने नेपाल टेलीकमले भने समस्या रहेको टावर समेत समयमा मर्मत गर्दैन अनि नागरिकले दुख पाउने गरेको अर्का स्थानीय गगन लामाले दुखेसो पोखे ।

मिहनौ देखी समस्यामा रहेको टावर तत्काल मर्मत गर्न र NTFTH जडान गरिदिन भन्दै सोमवार नेबिसंघ डोल्पामा अध्यक्ष मिलन बुढाथोकीले नेपाल टेलीकम प्रादेशिक कार्यालय सुर्खेतमा माग सहित ज्ञापन पत्र बुझाएका छन । बुढाथोकि भन्छन करिब तीन वर्षदेखि फोरजी सेवा सञ्चालनमा रहे पनि नेटवर्क स्थिर र भरपर्दो बन्न सकेको छैन । कमजोर सौर्य ब्याकअपका कारण राति तथा बादल लागेको समयमा सेवा अवरुद्ध हुने समस्या रहेकोछ तत्काल समाधान गर्न माग समेत गरेकाछन ।

डोल्पामा समस्या छ हरेक दिन मर्मतका लागी माथिल्लो निकायमा पहल गरि रहेकाछौ तर सुनुवाई भएको छैन भन्दै दुर सञ्चार कार्यालय डोल्पामा प्रमुख दयाबिक्रम केसीले आफ्ना गुनासा सुनाए । केसी भन्छन जिल्लामा जनशक्ति कम छ यतै काम भ्यानभ्याई उसैमाथि जिल्लाका अरु क्षेत्रमा आएको समस्याले झनै कठिन भएको छ तर माथिल्लो निकायले सुन्दैन जिल्लाको कुरा । शोलारको ब्याकपका लागी उपयुक्त हुने ब्याट्रीह्यरु डोल्पामा पठाईयोस बिधुतको भरमा सेवा अवरुद्ध पार्नु राम्रो हैन तर पनि सञ्चालन गर्ने पहल गरि रहेको केसिले बताए ।

डोल्पाको जगदुल्ला सञ्चारको लोडसेडिङ् खेपि रहेको छ महिनौ देखी भने त्रिपुरासुन्दरी नगरपालिका ५ को ल्हाँमा रहेको टावर पनि उस्तै बिरामी अवस्थामै छ । त्यसै गरी दुनै १ थालामा रहेको टावर सञ्चालनमा आउन सकेको छैन । डोल्पाको समस्या कहिले समाधान हुन्छ के कति प्रकृया गरिएको हो भनेर नेपाल टेलीकम प्रादेशिक कार्यालयका प्रमुख निरन जोशिलाइ बुझदा आफु फिल्डमा भएको र के कसो बुझेर जानकारी गराउने बताए ।