त्रीपुरा सुन्दरीमा गल्स टेकओभर कार्यक्रम

जैतुन अनलाइन | २०८२ चैत्र २९ गते आइतवार

डाेल्पा । डाेल्पाकाे ठुलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा गल्स टेकओभर कार्यक्रम सम्पन्न भएकाे छ। किशोरी सशक्तीकरण परियोजना अन्तरगत समाज जागरण केन्द्र (SAC) नेपालद्वारा आयाेजित Girls Tek Over कार्यक्रममा  ठुलीभेरी नगरपालिका- ५ मा रहेकाे माझफाल स्वास्थ्य चाैकीकाे एक दिने इन्चार्ज बिध्यामन्दिर मावि अध्ययनरत  किशोरी मिनु कुमारी बनेकी छिन। गल्स टेक ओभर कार्यक्रम मार्फत स्वास्थ चाैकी इन्चार्ज बनेकी मिनु कुमारीले किशोरीहरुकाे समस्यालाई मध्यनजर गर्दै वडा अध्यक्ष र स्वस्थ्य चाैकी इन्चार्जले पद हस्तान्तरण गरेका थिए।


यस्तै गल्स टेक ओभर कार्यक्रम मार्फत त्रिपुरासुन्दरी नगरपालिका- १० काे वडा अध्यक्षमा जनप्रभा माविमा अध्ययनरत  किशोरी मेलिना एक दिने वडा अध्यक्ष बनेकी छिन। एक दिने वडा बनेकी मेलिनाले आगामी दिनमा वडा सरकार मार्फत किशोरीहरुका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएकी छिन।

गल्स टेक ओभर कार्यक्रम मार्फत किशोरीहरुले भविष्य निर्माणका लागि हाम्रो सशक्त आवाज, हाम्रो घाेषणा पत्र  वडा अध्यक्ष र स्वास्थ्य चाैकी इन्चार्जलाई हस्तान्तरण गरेका छन। किशोरीहरुले बिशेष स्वास्थ्यकर्मीहरुकाे व्यवस्था, स्वास्थ्य कार्यक्रमहरुमा सहभागीता, विधालयमा शिक्षण र सामाग्री उपलब्ध गराउनु, संकटमा सेवा सुनिश्चित गर्नु, निशुल्क शिक्षा र गुणस्तरीय बिधालय शिक्षा, उच्च शिक्षाका लागि छात्रवृत्ति, विधाय गतिविधिहरुमा समान सहभागीता, सुरक्षित र समावेशी विधालय वातावरण, प्राविधिक शिक्षाकाे अवसर, प्रजनन स्वास्थ , सुरक्षा र संरक्षण बारेमा गल्स टेक ओभर कार्यक्रम मार्फत किशोरीहरुले सम्बन्धित निकायमा घाेषणा पत्र हस्तान्तरण गरि माग राखेकाे किशोरी सशक्तीकरण परियोजना डाेल्पाका अनुगमन तथा मुल्यांकन संयाेजक चिरञ्जीवी पाैडेलले जानकारी दिएका छन। यस कार्यक्रमले किशोरीहरुलाई शिक्षा र स्वास्थ्यकाे अधिकारका बारेमा सम्बन्धित निकायमा माग राख्न सहज रहेकाे देखिएकाे छ।