नेपाल स्वयंसेवी रक्तदाता समाज डाेल्पाको अध्यक्षमा : डाँगी

जैतुन अनलाइन | २०८२ चैत्र ८ गते आइतवार

चैत्र ०८,

डाेल्पा : नेपाल स्वयंसेवी रक्तदाता समाज डाेल्पाकाे नयाँ कार्यसमिति गठन भएको छ। शनिबार एक कार्यक्रमका बिच नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्य प्रमुख अतिथ्यतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हाे।

जिल्ला भेलाबाट गैर नाफामूलक गैर राजनीतिक सबैको साँझा नेपाल स्वयंसेवी रक्तदाता समाज डोल्पा जिल्ला कमिटी गठन गरिएको हाे ।स्वास्थ्यकर्मी समेत रहेकाे सामाजिक अभियानता राजन कुमार डाँगीकाे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिकाे छ । उपाध्यक्षमा दिलमाया केसी, सचिवमा कर्ण वि क,काेषाध्यक्षमा मिनराज बुढा (बिबश”, सदस्यहरुमा सुमन थापा, जयकृष्ण हमाल, प्रेम थापा, नवीन कुमार शाही, रूपलाल बोहरा, आनन्द सिंह रावल , चन्द्रराज बुढा चयन भएका छन।यस्तै आमन्त्रित सदस्यमा राज्य लक्ष्मी हमाल र डाक्टर अखण्ड उपाध्याय रहेका छन।

नेपाल स्वयंसेवी रक्तदाता समाज डाेल्पाकाे कार्यसमिति गठनको  अवसरमा दुनै स्थित धुर्वतारा आधारभुत  विद्यालय अन्तर्गत अपाङ्ग स्रोत कक्षामा अध्ययनरत कक्षा ४ कि छात्रा शर्मिला बि.क लाई  समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्मचार्यले कक्षा १२ सम्म अध्ययनको लागि सम्पूर्ण व्यय व्यहोर्ने प्रतिबद्धता गरेका छन।डाेल्पा जिल्लाको नव गठित यस पवित्र समाज सेवाको यात्रामा जोडिनुहुने सबैलाइ बधाई तथा धन्यवाद दिदै छात्राकाे पठनपाठनकाे जिम्मा लिएका हुन।

उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाैडेल, स्वस्थ्य सेवा कार्यालय डाेल्पाका प्रमुख डाक्टर सिजन रावल, सुरक्षा निकायका प्रमुख  लगाएतका व्यक्तिहरुकाे सहभागीता रहेकाे थियाे।