
चैत्र ०६,
डाेल्पा : डाेल्पाकाे ठुलीभेरी नगरपालिका वडा नं. १ र १० मा बहुक्षेत्रिय पाेषण कार्यक्रम अन्तरगत पाेषण सुधारकाे लागि पशु जन्य उत्पादन तथा उपभोगकाे लागि सुनाैलाे हजार दिनका आमाहरुकाे लागि कुखुरा वितरण गरिएको छ। ठुलीभेरी नगरपालिका वया नं. १ का ५० जना सुनाैलाे हजार दिनका आमाहरुलाई पाेषण सुधारकाे लागि प्रतिव्यक्ति १० वटाकाे दरले न्यु हेमसायर जातका कुखुरा वितरण गरिएको वडा अध्यक्ष तेजेन्द्र बहादुर राेकायाले जानकारी दिए। यस्तै ठुलीभेरी नगरपालिका वडा नं. १० का २८ जनालाई बहुक्षेत्रिय पाेषण कार्यक्रम अन्तरगत पाेषण सुधारकाे लागि पशु जन्य उत्पादन तथा उपभोगकाे लागि सुनाैलाे हजार दिनका आमाहरुकाे लागि कृषि जन्य उत्पादन तथा उपभाेग लागि बेमाैसमी तरकारीको बीउ र ग्रिन हाउस वितरण गरिएको छ।

बेमौसमी तरकारी बीउबिजन खेतीले बेमौसमी समयमा पनि आमा तथा बच्चाको पाेषणमा टेवा पुग्ने बिश्वास गरिएको छ। कुखुरा र तरकारी बीउबिजन वितरण पछि सुनाैलाे हजार दिनका आमा र बच्चाकाे पाेषणमा सुधार हुने बिश्वास रहेकाे ठुलीभेरी नगरपालिका डाेल्पाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष खड्काले बताएका छन। सम्पूर्ण आमाहरुलाई उपलब्ध सामाग्रीकाे सहि सदुपयोग गर्न पनि सहभागीलाई अधिकृत खड्काले आग्रह गरेका छन। आमा गर्भवती भएको दिनदेखि बच्चाको उमेर २ वर्षको हुँदा सम्मको उमेरलाई सुनौलो १००० दिन भनिन्छ। गर्भको अवधि २७० दिन र जन्मपश्चात २ वर्षको उमेर ७३० दिन गरी जम्मा १००० दिनलाई सुनौलो १००० दिन भनिन्छ।
