
चैत्र ०३,
डोल्पा: जिप दुर्घटना १ जना मृत्युु भएको छ।मुड्केचुला गाँउपालिका ०३ भोटगाऊ भई हाल रुकुम पश्चिम त्रिवेणी बस्ने बर्ष २३ का सल्मान रोकायाको मृत्यु भएको हो । मुड्केचुला गाउँपालिका वडा नम्बर ०३ काङ्ग्रे खोला स्थित भित्रि कच्ची सडक खण्डमा बोलेरो जिप दुर्घटना हुदा चालकको मृत्यु भएको थियो । ईल (खर्क) देखि त्रिवेणी (रुकुम पश्चिम) तर्फ जादै गरेको बा.१७ च. ३९७० नम्बरको बोलेरो जिप एक्कासी अनियन्त्रित भई सडकबाट अन्दाजी ३०/४० मिटर तल खस्दा उक्त गाडी चलाकको घटनास्थलमै मृत्यु भएको र अन्य यात्रु सवार नभएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
बेलुका ५:१८ बजे तिर जिप दुर्घटना भएर जिप जगदुल्ला नदिमा खसेको छ मृतकको लास घटनास्थलमा नै रहेको। उक्त स्थानमा इलाका प्रहरी कार्यालय कालिका डोल्पा बाट प्र.स.नि. हरक सिंह लोथ्यालको कमाण्डमा ५ जना र थप प्रहरी चौकी ईल डोल्पा बाट प्र.स.नि. बिनोद कुमार थापाको कमाण्डमा ४ जनाको सहित ०९ जना टोली घटना स्थलमा गएको र घटना बारे थप जानकारी आउन बाकी रहेको प्रहरीले जनाएको छ ।