
चैत्र ०३,
डोल्पा : डाेल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पुर्व शहरी बिकास मन्त्री धनबहादुर बुढाले राष्ट्रिय टेलिभिजन प्राइम टेलिभिजन विरुद्ध गाली–बेइज्जती मुद्दा दायर गरेका छन्। मंगलबार जिल्ला अदालत काठमाडौंमा दर्ता भएको मुद्दामा सांसद बुढाले उक्त टेलिभिजनबाट केही दिन अघि प्राेमाे बनाएर प्रसारित सामग्रीले आफ्नो मान–प्रतिष्ठामा आँच पुगेको बताइएको छ ।
सांसद बुढाले उक्त टेलिभिजनमार्फत प्रसारित सामग्रीमा आफूमाथि तथ्यहीन तथा अप्रमाणित आरोप लगाइएको, चरित्रहत्या गर्ने उद्देश्यले सार्वजनिक रूपमा गाली–गलौज र अपमानजनक शब्द प्रयोग गरिएको उल्लेख गरेका छन्।उनले यस्तो सामग्रीले आफू मात्र नभई सार्वजनिक पदको मर्यादामा समेत असर परेको बताएका छन्। केही दिन अघि उक्त प्राइम टाइम टेलिभिजनबाट प्रसारित भिडियो प्राेमाेमा बुढाकाे निर्माण कम्पनी हिमाली निर्माण सेवा मार्फत सञ्चालित ठेक्कामा काम गरेकाे दुई कराेड भुक्तानी नदिएर ठगी गरेकाे,पैसा माग्दा कुटपिट गरेकाे लगायतका आराेप लगाइएकाे छ ।
प्रतिवादीका रूपमा प्राइम टेलिभिजनलाई उल्लेख गरिएको छ।सकेसम्म सबैलाई सहयाेग गर्दै हिड्ने मान्छे भएको हुदा कसैलाई ठगेर जिन्दगी बर्बाद गर्ने उदेश्य नरहेको स्पष्ट पारेका छन। नियाेजित तरिकाले चरित्र हत्या गर्ने उदेश्य सामाग्री तयार पारि प्रसारण गरेकाे भन्दै उनले प्राइम टेलिभिजन बिरुद्ध गाली बेइज्जतीकाे मुद्वा दर्ता गरेका हुन।