नेकपा परित्याग गरी १८ जना नेकपा (एमाले) प्रेबेश

जैतुन अनलाइन | २०८२ फाल्गुन १२ गते मङ्गलवार

फागुन १२,

जुफाल : नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी १८ जना नेकपा (एमाले) पार्टीमा प्रबेश गरेका छन । ठुलिभेरी नगरपालिका ८ र ९ वडाका १८ जनाले नेकपा परित्याग गरेर नेकपा (एमाले)मा प्रबेश गरेका हुन । मंगलवार चुनावी प्रचारप्रशार अभियानमा घरदैलोमा पुगेका नेकपा (एमाले)को टोलीले उनिहरुलाई पार्टीमा स्वागत गरेको हो ।

नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रबेश गर्नेहरुमा प्रेम बहादुर डाँगी,पदम कुमार डाँगी,मती बहादुर बोहोरा,सन्जु बुढा,कृष्णराज डाँगी,धनमाँया डाँगी,भुपाल बोहोरा,बिषरुप घर्ति,रनचन्द्र बोहोरा,कलमी रोकाया,डिलकुमारी डाँगी,अन्जान बुढा,अम्मर बुढा,गोकर्ण डाँगी,पदमा डाँगी,बिषु डाँगी र बिष्णुरुपा डाँगी गरि १८ जनाले नेकपा (एमाले) प्रबेश गरेका हुन ।

पार्टी प्रबेश गरेका नवप्रबेशीहरुलाई नेकपा (एमाले) केन्द्रीय सदस्य एवम डोल्पा जिल्ला ईन्चार्ज बदमीक्वारा बोहोरा,प्रदेश कमिटी सदस्य शेर बहादुर बुढा,प्रदेश कमिटी सदस्य पूर्ण बहादुर डाँगी,प्रदेश कमिटी सदस्य बिश्वचन्द्र डसाल,नेकपा (एमाले) डोल्पाका अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार लंक बहादुर रोकाया सहित नेकपा (एमाले) का नेता तथा अन्य कार्यकर्ताले राइका अबिर सहित स्वागत गरेका हुन ।

यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागी हुने निर्वाचनमा डोल्पा जिल्लामा नेकपा (एमाले) प्रति मतदाताहरुको माया र भरोसा धेरै नै रहेको नेकपा (एमाले) केन्द्रीय सदस्य एवम डोल्पा जिल्ला ईन्चार्ज बदमीक्वारा बोहोराले बताइन । उनले भनिन अन्य पार्टीले २/३ जना प्रबेश गराएर सयौँ भनेर गलत भ्रम फैलाउने गरेको तर नेकपा (एमाले)ले गलत,झुट्टा आश्वासन दिएर पार्टीमा ल्याउने नगरेको र साच्चै एमालेको बिचार बुझेर पार्टीमा प्रबेश गरेको दावी गरिन । नेकपा (एमाले)  र प्रलोपाका नेताहरु संयुक्त रुपमा यति बेला ठुलीभेरी नगरपालिकाको घरदैलोमै चुनावी अभियानमा छन ।