डोल्पामा नेकपा (एमाले) र प्रलोपाबीच चुनावी तालमेल

जैतुन अनलाइन | २०८२ फाल्गुन ५ गते मङ्गलवार

फागुन ०५,

डोल्पा : आसन्न प्रतिनिधिसभा निर्वाचनमा डोल्पा जिल्लामा नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बीच चुनावी तालमेल भएको छ । मंगलबार एमाले उम्मेदवार लंक बहादुर रोकाया र प्रलोपाका उम्मेदवार विकास बुढाले चुनावी तालमेल गर्ने सहमति गरेका हुन् । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाको त्रिपुराकोटमा दुई दलका उम्मेदवार र दलका नेताहरु बिच चुनावी तालमेल गरी संगै प्रचारप्रशारमा जाने सहमति भएको नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य एवम प्रदेश निर्वाचन क्षेत्र (ख)का ईन्चार्ज बिश्वचन्द्र डसालले जानकारी दिए ।

डसालका अनुसार दुई उम्मेदवार र दुई दलबिच जिल्लामा पनि सहमति भएको र केन्द्रीय शर्कुलर अनुसार अब प्रलोपाका उम्मेदवारले प्रत्यक्षमा एमाले उम्मेदवार रोकायालाई सघाउने बताए । यस्तै दुवै दलले संयुक्त रूपमा चुनावी अभियान सञ्चालन गरि सँगसँगै चुनावी प्रचारप्रशारमा जाने भएकाछन ।

प्रलोपा नेताहरूका अनुसार पार्टीको केन्द्रीय निर्णय र जिल्ला स्तरका नेताहरूबीचको अन्तिम छलफलपछि एमाले उम्मेदवार रोकायालाई सघाउने निष्कर्ष निकालिएको हो । प्रलोपाका उम्मेदवार बुढा भन्छन पछिल्लो राजनितिक घटना क्रमलाइ हेरेर केन्द्र र जिल्लाले गरेको सहमति समय अनुसार सहि छ हामी चुनाबमा सँगै जनताको घरदैलोमा हुनेछौ  । सहमतिसँगै एमाले र प्रलोपाका नेताकार्यकर्ताले मंगलबारैदेखि सँगसँगै घरदैलो अभियान थालेका छन् ।