
फागनु ०४,
डोल्पा : नेपाल टेलीकमद्धारा डोल्पाको जगदुल्ला गाउँपालिका सम्मानीत भएको छ । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय कर्णाली प्रदेशले २२औँ बार्षिक उत्सवमा डोल्पाको जगदुल्ला गाउँपालिकालाइ सम्मान गरेको हो । जगदुल्ला गाउँपालिकाको थुपलाक्ना डाँडामा रहेको टावरमा १० केभिएको ३ फेजको बिधुत सेवा निशुल्क रुपमा प्रदान गरेर नेपाल टेलीकमलाइ सहयोग गर्दै जनतालाइ मोवाईल तथा ईन्टरनेट सेवा प्रदान गरे वाफत पालिकालाइ सम्मान गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक जीवन न्यौपानेले जानकारी दिए । नेपाल टेलीकमले आफ्नो २२औँ बार्षिकउत्सवमा गरेको सम्मान जगदुल्ला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत ईन्जिनियर खगेन्द्र ऐडिलाइ हस्तानतरण गरेको थियो ।

निमित्त निर्देशक जीवन न्यौपानेका अनुसार नेपाल टेलीकमको टावर निर्माण देखी जगदुल्ला गाउँपालिकाले टावरका सामाग्रीहरु ढुवानी घेराबार लगायतमा समेत आर्थिक सहयोग गरिरहेको र रिमीको थुपलाक्नामा रहेको टावरमा समेत निशुल्क बिजुली प्रदान गर्नाले जगदुल्ला गाउँपालिका प्रति नेपाल टेलीकम निकै आभारी रहेको बताए । हाल जगदुल्ला गाउँपालिकामा सञ्चालनमा रहेका २ वटा टावरहरुमा नियमित रुपमा बिजुली प्रदान गरिएको र डाँडामा राखिएको टावरमा कादुरी संस्थाको लगानी रहेकोले नेपाल टेलीकमले नियमानुसारको रकम तिरेर बिजुली प्रयोग गरेको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए । अध्यक्ष रोकायाले भने हामीले जनतालाइ मोवाईल तथा ईन्टरनेट सेवा प्रदान गर्नका लागी स्थानीय सरकारले सक्ने खाले सवै सहयोग गर्दा नागरिकले सेवा पाएका छन हामी खुसि छौ । अव फाईवर ईन्टरनेट समेत पुर्याउने लक्ष्य रहेको छ सायद काम छिट्टै हुनेछ अध्यक्ष रोकायाले थपे ।
डोल्पाको सवैभन्दा धेरै सवै क्षेत्रमा सञ्चारको पहुच पुगेको पालिका जगदुल्ला गाउँपालिका पर्दछ । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय कर्णाली प्रदेशको कार्यालयले डोल्पालाई पहिलो प्राथमिकतामा राखेर आफ्नो सेवा विस्तार गरि रहेको डोल्पाका नागरिकको बुझाई छ ।