
माघ २३,
डोल्पा : नेकपा (एमाले) डोल्पाले निर्वाचन लक्षित बिभिन्न कमिटी गठन गरेको छ । पार्टीको ९औँ जिल्ला कमिटीको पूर्ण बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागी नेकपा (एमाले) केन्द्रीय सदस्य एवम डोल्पा जिल्ला ईन्चार्ज बदमीक्वारी बोहोराको संयोजकत्वमा निर्वाचन प्रचारप्रशार मुल कमिटी गठन भएको हो ।
प्रचारप्रशार मुल कमिटीमा बदमीक्वारी बोहोरा संयोजक,बरिष्ठ नेता तुलाचन्द्र बुढा सह-संयोजक र प्रदेश निर्वाचन क्षेत्र (ख) ईन्चार्ज बिश्वचन्द्र डसाल सह-संयोजक रहने गरी ३ सदस्यि मुल कमिटी गठन भएको हो । प्रचारप्रशार मुल कमिटीको संयोजकत्वमा पालिका देखी वडातह सम्म प्रचारप्रशार उप-समिति समेत गठन भएको छ ।
फागुन २१ को निर्वाचनका लागी ठुलीभेरी नगरपालिकाका ईन्चार्ज पूर्ण बहादुर डाँगी संयोक रहेको निर्वाचन आर्थिक व्यवस्थापन कमिटी गठन गरिएको र सदस्यमा नेता जनचन्द्र रोकाया र नेता धावा सम्डुक गुरुङ्गले जिम्मेवारी पाएका छन । त्यसै गरी युवा परिचालन गर्नका लागी युवाँ संघका डोल्पा जिल्ला ईन्चार्ज पाण्डप महताराको संयोजकत्वमा डोल्पा जिल्ला युवासंघका अध्यक्ष बिशाल रोकाय र नगर तथा गाउँपालिकाका युवा संघका अध्यक्ष सदस्य रहनेगरी कमिटी गठन भएको छ ।
जनसाँस्कृतिक महासंघ कर्णाली प्रदेश सह-कोषाध्यक्ष चन्द्र बहादुर थापा संयोजक रहने गरी कुम बहादुर बोहोरा र पशुपति बोहोरा सदस्य रहने गरी निर्वाचन लक्षित जनसांस्कृतिक कमिटी गठन भएको नेकपा (एमाले) डोल्पाका पार्टी सचिव जनक केसीले जानकारी दिए ।

सचिव केसिका अनुसार ठुलीभेरी नगरपालिका ईन्चार्ज पूर्ण बहादुर डाँगीको संयोजकत्वमा नगरपालिकाका सह-ईन्चार्ज,सचिवालय सदस्य,जिल्ला कमिटी सदस्य,वडा कमिटीका अध्यक्षहरु,भातृसंगठनका प्रमुखहरु रहने गरी निर्वाचन प्रचारप्रशार उप-कमिटी गठनभएको छ । त्यस्तै त्रिपूरा सुन्दरी नगरपालिका ईन्चार्ज चन्द्र कुमारी बुढाको संयोजकत्वमा नगरपालिकाका सह-ईन्चार्ज,सचिवालय सदस्य,जिल्ला कमिटी सदस्य,वडा कमिटीका अध्यक्षहरु,भातृसंगठनका प्रमुखहरु रहने गरी निर्वाचन प्रचारप्रशार उप-कमिटी गठनभएको छ ।
मुड्केचुला गाउँपालिका ईन्चार्ज गाेपाल बिकको संयोजकत्वमा गाउँपालिकाका सह-ईन्चार्ज,सचिवालय सदस्य,जिल्ला कमिटी सदस्य,वडा कमिटीका अध्यक्षहरु,भातृसंगठनका प्रमुखहरु रहने गरी निर्वाचन प्रचारप्रशार उप-कमिटी गठनभएको छ । त्यस्तै जगदुल्ला गाउँपालिका ईन्चार्ज धनचन्द्र बैजीकाे संयोजकत्वमा गाउँपालिकाका सह-ईन्चार्ज,सचिवालय सदस्य,जिल्ला कमिटी सदस्य,वडा कमिटीका अध्यक्षहरु,भातृसंगठनका प्रमुखहरु रहने गरी निर्वाचन प्रचारप्रशार उप-कमिटी गठनभएको छ ।

काईके गाउँपालिका ईन्चार्ज पासाङ्लामु रोकायाकाे संयोजकत्वमा गाउँपालिकाका सह-ईन्चार्ज,सचिवालय सदस्य,जिल्ला कमिटी सदस्य,वडा कमिटीका अध्यक्षहरु,भातृसंगठनका प्रमुखहरु रहने गरी निर्वाचन प्रचारप्रशार उप-कमिटी गठनभएको छ । शे-फोक्सुण्डो गाउँपालिका ईन्चार्ज निमा लामाको संयोजकत्वमा सह-ईन्चार्ज,सचिवालय सदस्य,जिल्ला कमिटी सदस्य,वडा कमिटीका अध्यक्षहरु,भातृसंगठनका प्रमुखहरु रहने गरी निर्वाचन प्रचारप्रशार उप-कमिटी गठनभएको छ ।
डोल्पोबुद्ध गाउँपालिकामा ईन्चार्ज नन्दिसंह बुढाको संयोजकत्वमा फुरछेन गुरुङ्ग,सनाम गुरुङ्ग रहेकाछन ।त्यस्तै छार्काताङसोङ गाउपालिका ईन्चार्ज बिष्णु बहादुर रोकायाको संयोजकत्वमा कार्मा ढुण्डुल गुरुङ्ग,छिरिङ्ग ढिक्की गुरुङ्ग,खमसुङ् गुरुङ्ग र धावालाङ गुरुङ्ग सदस्य रहने गरी निर्वाचन प्रचारप्रशार उप-कमिटी गठनभएको छ ।

पार्टी सचिव जनक केसीका अनुसार फागुन २१ को प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागी निर्वाचनमा सहज बनाउने हेतुले सल्लाहकार कमिटीमा नर बहादुर बुढा,शेर बहादुर बुढा, चन्द्र कुमारी बुढा,बिष्णु बहादुर रोकाया र धनचन्द्र बैजी रहनेगरी सल्लाहकार कमिटी गठनभएको बताए । निर्वाचन प्रचारप्रशार कमिटी टेक बहादुर शाहीको संयोकत्वमा ८औँ बैठकले नै गठन गरेकोले सोहि कमिटीलाइ अनुमोदन गरेको सचिव केसीले जानकारी दिए ।
सचिव केसीले भने नेकपा (एमाले) डोल्पाको ९औँ पूर्ण बैठकले माघ २३ गतेवाट काईके गाउँपालिकामा घरदैलो अभियान गर्ने बताए ।केसीले थपे ९औँ बैठकवाट गठन भएका कमिटीहरुले काम कस्तो खालको गरी रहेका छन भन्ने वारे पार्टी सिचवको संयोजकत्वमा अनुगमन गर्ने र ति गठित कमिटीहरुमा थप सदस्य समेत आवास्यक्ताका आधारमा गरिने बताए । निर्वाचनका लागि आवाश्यकताका आधारमा जुनसुकै बेला पनि कुनै पनि नेता कार्यकर्ताहरुलाई जिम्मेवारी दिएर परिचालन गर्ने गरी ९औँ पूर्ण बैठक सम्पन्न भएको पार्टी सचिव जनक केसीले जानकारी दिए ।