राष्ट्रिय बाणिज्य बैँङ्कको ६१ औँ बार्षिक उत्सवमा सेनेटरी प्याड बितरण

जैतुन अनलाइन | २०८२ माघ ९ गते शुक्रवार

माघ ०९,

डोल्पा : राष्ट्रिय बाणिज्य बैँङ्कको ६१ औँ बार्षिक उत्सवमा सेनेटरी प्याड बितरण गरिएको छ । बाणिज्य बैँङ्कको डोल्पा दुनै शाखाले बिहिवार र शुक्रवार वित्तीय साक्षरता कार्यक्रम गरी बार्षिक उत्सव मनाइ रहेको छ । बैँङ्कको ६१ औँ बार्षिक उत्सवमा दुनै शाखाले  नेपाल प्रहरीको ब्यारेकमा रहेका महिला प्रहरीहरुका लागी सेनेटरी प्याड वितरण गरेको दुनै शाखाका शाखा प्रमुख अशोक राईले जानकारी दिए । शुक्रबार जिल्ला प्रहरी कार्यालय दुनैमा १०० प्याकेट स्वास्थ्य सामाग्री सेनेटरी प्याड जिल्ला प्रहरी कार्यालयमा हस्तान्तरण गरिएको राईले बताए ।

यहि माघ १० गते राष्ट्रिय बाणिज्य बैँङ्कको ६१ औँ बार्षिक भब्य रुपमा मनाईदै छ । बैँङ्कि क्षेत्रमा निकै अब्बल रहेको राष्ट्रिय बाणिज्य बैँङ्कले ६१ औँ बार्ष देखी ग्राहकहरुलाइ आफ्नो बैँङ्कि सेवा प्रदान गर्दै आएको र अब थप सेवामा सुलभ सहज बनाउदै लाने डोल्पा दुनै शाखाका प्रमुख अशोक राईले बताए । राईले भने बिहिवार शसस्त्र प्रहरीको ब्यारेकमा बित्तीय साक्षरता कार्यक्रम गरिएको र शुक्रवार जिल्ला प्रहरी कार्यालय दुनैमा सेनेटरी प्याड बितरण गरिएको जानकारी दिए । कार्यक्रममा राष्ट्रिय बाणिज्य बैँङ्क सहित जिल्लामा रहेका अन्य बैँङ्कका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।