डोल्पामा पहिलोपटक नेपाल बैङ्कद्धारा (ATM) मेसिन सञ्चालन

जैतुन अनलाइन | २०८२ मङ्सिर ४ गते बिहिवार

मंसिर ०४,

डोल्पा : नेपाल बैङ्कले डोल्पामा पहिलो पटक (ATM) मेसिन सञ्चालनमा ल्याएको छ । बिहिवार एक कार्यक्रमका बिच डोल्पा सदरमुकाम दुनैमा रहेको शाखामा नेपाल बैङ्कले (ATM) सञ्चालनमा ल्याएको आधिकारीक रुपमा सार्वाजिन गरेको हो । नेपाल बैङ्क कर्णाली प्रदेश प्रमुख दिनेश प्रसाद पौडेलले रिवन काटेर डोल्पाको पहिलो (ATM) मेसिनको उद्धघाटन गरेका हुन ।

२०३२ सालामा स्थापना भएको नेपाल बैँङ्क डोल्पा शाखामा जिल्ला मै पहिलो (ATM) मेसिन राखेर ग्राहकलाइ सेवा दिन थालिएको छ । नेपाल बैँङ्क लिमिटेडको ८९ औँ बर्ष पुगेको बिशेष अवसरमा डोल्पाको दुनै शाखामा नेपाल बैँङ्कले (ATM) मेसिनवाट सेवा दिन थालेको छ । डोल्पा जिल्लामा आधा दर्जन बैँङ्कहरु भएपनि हाल सम्म (ATM) सेवा सञ्चालनमा भने ल्यान सकेका थिएनन ।

एक बर्ष पहिले देखी सिटिजन्स बैँङ्कले पोष्ट मेसिनवाट सेवा प्रदान गर्दै आएकोमा बिहिवारदेखी भने नेपाल बैँङ्कले (ATM) मेसिन वाट सेवा प्रबाह गरेको नेपाल बैँङ्क डोल्पा शाखामा शाखा प्रबन्धक रबि भण्डारी जानकारी दिए । शाखा प्रबन्धक भण्डारीले भने अव ग्राहकले सहजै सेवा पाउनेछन भने (ATM) कार्ड लिनका लागी नेपाल बैँङ्क दुनै शाखामा सम्पर्क गरी सेवा सरल बनाउन ग्राहकले सक्नेछन ।

(ATM) मेसिन उद्धघाटन सत्रमा पुगेका डोल्पा उद्योग बाणिज्य संघ डोल्पाका अध्यक्ष र ठुलीभेरी ३ का वडा अध्यक्ष भक्त भण्डारीले शुभकामना दिदै नेपाल बैँङ्कले पनि दुनैमा रहेका वा डोल्पाका स्थानीयतहमा रहेका शाखाले जमिनमा शुलभ कर्जा प्रदान गर्ने गरि सेवामा जोड दिन माग गरे । सुन र गहना मात्रै नभएर जग्गामा पनि कर्जा शुलभ गराए बैँङ्कले अझै प्रभाबकारी सेवा ग्राहकले महसुस गर्ने उद्योग बाणिज्यका अध्यक्ष लालिमान बुढाले बताए । बुढाले भने यो (ATM) मेसिनले दुनै वा डोल्पाका ग्राहकले मात्रै नभएर डोल्पामा आउने आन्तरिक पर्यटकले समेत भरपूर्ण फाईदा लिनेमा बिश्वास व्यक्त गरे ।

करिवन ५० बर्ष देखी डोल्पामा देशमा भएका बिभिन्न घटनाहरुसँग समना गर्दै डोल्पाका नागरिकलाइ सेवा प्रदान गरि रहेको नेपाल बैँङ्क दुनै शाखाले निकै राम्रो काम गरि रहेको नेपाल बैँङ्क लिमिटेड कर्णाली प्रदेश प्रमुख दिनेश प्रसाद पौडेले बताए । पौडेलले भने दुई बर्षदेखी हामी (ATM) मेसिन डोल्पामा राख्नका लागि प्रयासरत थियौ बर्षायाम सँगै बिभिन्न प्राबिधिक कारण सकेका थिएनौ तर यो बर्ष भने सफल भएका छौ । (ATM) मेसिन डोल्पामा राख्ने मात्रै भन्दा पनि ग्राहको माग र नेपाल बैँङ्कले दिने सेवामा नै पहिलो भएको भन्ने महसुस भएको छ हामी यो सेवालाइ कुनैपनि हालतमा कमि हुन र ग्राहकलाइ मार हुन दिने छैनौ उनले थप्दै प्रतिबद्धता समेत जनाए ।

नेपाल बैँङ्कले दुनै शाखामा (ATM) मेसिन राखेसँगै धेरै नागरिकमा खुसि छाएको छ । बजारका होटेल तथा पसलहरुमा क्युआर स्क्यान गर्ने बैँङ्कमा चेक साटि रहनपर्ने झण्जटवाट अव भने नागरिकले मुक्ति पाउने भएका छन । डोजिटल माध्यामवाट बैँङ्कि कारोवार गर्ने प्रबिधिको अथाह विकास भैरहदा डोल्पाका नागरिकले भने बल्लतल्ल एक (ATM) मेसिनको प्रयोग गर्न पाउने भएकाछन ।