माथिल्लो डोल्पामा बाढिले बगाउदा ९ बर्षिय वालकको मृत्यु

जैतुन अनलाइन | २०८२ भाद्र ३ गते मङ्गलवार

भाद्र ०३,

शे-फाेक्सुण्डो : माथिल्लो डोल्पामा बाढिले बगाएर एक जना वालकको ज्यान गएको छ । शे-फाेक्सुण्डो गाउँपालिका ४ नाम्दोका अन्दाजी ९ बर्षका बालकको मृत्यु भएको हो । सोमवार दिउसो आएको अबिरल बर्षाले खोलामा आएको वाढिले बालकलाइ बगाएको शे-फाेक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेमावाङ्छेन गुरुङ्गले जानकारी दिए । उपाध्यक्ष गुरुङ्गका अनुसार वालकको नाम थाहा नभएको र आफु चिनको मरिम्ला नाकामा ब्यापारमा रहेकोले सवै जानकारी आउन नसकेको बताए ।

माथिल्लो डोल्पाका सवै क्षेत्रमा केहि दिनदेखी परेको लगातार भिषण बर्षाले  साना-ठुला सबै खोलाहरुबाट निरन्तर बाढी पहिरो गईरहेको छ ।  गाउँ नजिकैको खोलामा आएको बाढिमा फसेर शे-फोक्सुण्डो गाउँपालिका वडा नं.४ नाम्दो निवासी ग्याल्छेन लामा तथा श्रीमती कार्साङ गुरुङका ९ बर्षिय छोरा बाढिले बगाएर मृत्यु भएको हो । उक्त घटना वारे सञ्चारको पहुच सहज नभएकोले जानकारी लिन नसकिएको जिल्ला प्रहरी कार्यालय डोल्पामा प्रहरी नायव उपरिक्षक रुकबहादुर खड्काले जानकारी दिए । डिएसपी खड्का अनुसार माथिल्लो डोल्पामा रहेका टावरहरु अवरुद्ध भएको कारण सूचना लिन कठिन रहेको र प्रहरी निरन्तर लागि रहेको बताए ।

माैसममा आउने परिवर्घतनका कारण अन्य बेलामा घरको  छैउमा रहेको खोलामा  पानीको थोपा नदेखिने सुख्खा खोलाबाड अचानक बाढी आएपछि वालकलाई बगाएर लगेको हो ।   माथिल्लो डोल्पामा पनि जलवायु परिवर्तन र अनिश्चितकालीन मौसमले धनजन सबैको क्षति हुने देखिन्छ।  घटना वारे थप जानकारी भने आउन बाँकी नै रहेको छ ।