जगदुल्ला जलविद्युत आयोजना निर्माणको जिम्मा जेसीई एएनके जेभीलाई

जैतुन अनलाइन | २०८२ साउन २७ गते मङ्गलवार

श्रावण २७, 

काठमाण्डौ :  डोल्पामा निर्माणाधिन १०६ मेघावाटको जगदुल्ला जलविद्युत आयोजनाको लामो समयको रस्साकस्सी पछि ठेक्का लागेको छ । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले निकालेको ठेक्कामा प्राविधिक रुपमा सिनो हाइड्रो र जेसीईरएएनके जेभीको प्राविधिक प्रस्तावमा पास भएको थियो । आर्थिक प्रस्ताव खोल्दा सबैभन्दा कबोल गर्ने जेसीईरएएनके जेभीले ठेक्का पाएको हो ।

सोमबार जगदुल्ला हाइड्रोपावर र जेसीईरएएनके जेभीबीच सम्झौता भएको छ । सिनो हाइड्रोले १३ अर्ब ३३ करोड रुपैयाँ र जेसीईरएएनके जेभीले १२ अर्ब १८ करोड रुपैयाँको प्रस्ताव हालेका थिए । नियमानुसार सबैभन्दा कम कबोल गर्ने कम्पनीले ठेक्का पाएको हो ।सिनो हाइड्रोले जसरी पनि ठेक्का हत्याउने प्रपञ्च रचेका कारण सम्झौता गर्न ढिलाइ भएको हो । पहिलो पटक २०८१ जेठ २० गते कम्पनीले सिभिल र हाइड्रोमेकानिकल संरचनाका लागि ठेक्का निकालेको थियो । जसमा ७ कम्पनीले आवेदन दिएका थिए । प्राविधिक प्रस्तावमा कुनै कम्पनी छनोट नभएपछि अन्तिममा ठेक्का रद्ध भयो । कम्पनीले पुनस् ठेक्का निकाल्यो ।

जसमा चार कम्पनीले ठेक्का हाले । प्राविधिक मूल्यांकनमा चारमध्ये २ कम्पनी मात्रै पास भए । जेसीईर एएनके जेभी र सिनो हाइड्रो कर्पोरेशन पास भए । प्राविधिक रुपमा पास भएका दुई कम्पनीको नियमानुसार आर्थिक प्रस्ताव खोलियो । सिनो हाइड्रोले १३ अर्ब ३३ करोड रुपैयाँ र जेसीईरएएनकेले १२ अर्ब १५ करोड रुपैयाँ आर्थिक प्रस्ताव गरेको भेटियो । प्राविधिक प्रस्ताव खोलेपछि अहिले जेसीईरएएनके जेभीले फर्जी कागजात पेस गरेको भन्दै लेखा समितिमा उजुरी परेको छ । सोही कारण लेखा समितिले ठेक्का रोक्यो । सीईको कार्यानुभव नभएको भन्दै अख्तियार, सीआईबी,अदालत सबैतिर सिनो हाइड्रोले उजुरी दिएको छ ।

बाँकी निकायले ठेक्का प्रक्रिया नरोकेको भएपनि लेखा समितिले रोकेको थियो । ‘लेखा समितिले झण्डै २ महिना रोकेपछि अदालतमा मुद्धा चलिरहेको भन्दै ठेक्का प्रक्रिया कानुन अनुसार अघि बढाउन बाटो खोलिदियो । स्रोतका अनुसार सिनो हाइड्रोले जसरी पनि ठेक्का हत्याउन लागि परेका कारण यस्तो समस्या भएको हो । उसले शाक्तिकेन्द्र धाउनेदेखि पैसा खर्च समेत गरेर यो ठेक्का हात पार्न लागि परेको छ । राजनीतिक कनेक्सन मिलाउनेदेखि चिनियाँ दूतावासलाई समेत फकाउन कम्पनी लागि परेको छ । १ अर्ब १८ करोड रुपैयाँ बढीमा ठेक्का पाउने भएका कारण सबै खालको स्रोत खर्च गरेर लागि परेको स्रोतको दाबी छ । यो आयोजनाको गत वर्षको जेठ पहिलो साता फाइनान्सियल क्लोजर भएको थियो । नविल बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर भएको हो ।

फाइनान्सियल क्लोजरका लागि बनेको सहवित्तीयकरण (कन्सोर्टियम फर्म) को नेतृत्व नविल बैंकले गर्दै ४ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ । सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंक रहेका छन् । एचआईडीसीएलले ४ अर्ब रुपैयाँ लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका छन् ।

यो आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ इक्विटी ९सेयर०बाट जुटाउन लागिएको हो । यो आयोजनाबाट निर्माण थालेको ५ वर्षमा उत्पादन गर्ने लक्ष्य छ । डोल्पामा बन्ने यो आयोजना कर्णालीको विकासका लागि समेत महत्वपूर्ण रहेको छ । कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड हुनेछ । यो आयोजनाको पनि कम्पनीले अध्ययन गरिरहेको छ । यी दुई आयोजना कर्णालीमा बन्ने भएकाले त्यहाको विकासका लागि महत्वपूर्ण छन् ।