डाेल्पामा कर्णाली प्रदेश भाैतिक पुर्वाधार मन्त्रालयबाट ८६ वटा याेजना छनाैट

जैतुन अनलाइन | २०८२ साउन ७ गते बुधवार

श्रावण ०७,

डाेल्पा :

कर्णाली प्रदेश सरकार भाैतिक पुर्वाधार तथा शहरी बिकास मन्त्री शेर बहादुर बुढाले आफ्नाे मन्त्रालयबाट मात्र  डाेल्पा जिल्लाकाे लागि ८६ वटा याेजना बजेटमा समावेश गरेका छन। मन्त्री बुढाले आ.व. २०८२/८३ मा कार्यनयन हुने र केही बहुबर्षे याेजना गरि आफ्नाे मन्त्रालयबाट गृह जिल्ला डाेल्पाकाे लागि झण्डै एक अर्ब भन्दा बढीको  याेजना छनाैट गरेका हुन। भाैतिक पुर्वाधार मन्त्रालयबाट छनाैट भएका प्राय याेजना सडक निर्माणमा प्रथामिकता दिइएको छ।

यस्तै मन्त्री बुढाले भाैतिकबाट ८६ र  अन्य मन्त्रालयबाट ४५ वटा याेजना गरेर डाेल्पा जिल्लाकाे लागि जम्मा १ सय ३१ वटा याेजना छनाैट गरेका छन। डाेल्पाकाे इतिहासमा प्रतिनिधि सभा सदस्य तथा पुर्व संघीय शहरी बिकास मन्त्री धन बहादुर बुढा पछि कर्णाली प्रदेश सरकारका भाैतिक पुर्वाधार तथा शहरी बिकास मन्त्री शेर बहादुर बुढा आफ्नाे कार्यकालमा गृह जिल्ला सबैभन्दा बढी याेजना बजेट हाल्ने  जनप्रतिनिधि बनेका छन।

डाेल्पा भाैगाेलिक रुपमा ठुलाे जिल्ला यहाँ सडक ट्रयाक ओपन देखि सडक निर्माण, स्तरउन्नतिकाे लागि बजेट आवश्यक थियाे। स्थानीय आवश्यकतालाई प्रथामिकता दिएर बजेट विनियोजन गरि याेजना छनाैट गरेकाे भन्दै भाैतिक पुर्वाधार मन्त्री शेर बहादुर बुढालाई स्थानीय नागरिकले धन्यवाद व्यक्त गरेका छन।

कर्णाली प्रदेश सरकारबाट डाेल्पामा छनाैट भएका याेजना नामावली हेर्नुस् :