डोल्पाका प्रमुख जिल्ला अधिकारीको टोली १५ नम्वर पिलर मरिममा पुग्यो (तस्विरमा हेर्नुहोस)

जैतुन अनलाइन | २०८२ साउन ५ गते सोमवार

श्रावण ०५,

डोल्पा : डोल्पाका प्रमुख जिल्ला अधिकारीको टोली उत्तरी सिमाको १५ नम्बर पिलरमा पुगको छ । सोमवार माथिल्लो डोल्पामा पर्ने चिन र नेपालको सिमा मरिम्ला नाकामा रहेको १५ नम्बर सिमा स्तम्भमा स्थानीय जनप्रतिनिध र प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत अनि प्रहरी नायव उपरिक्षक रुक बहादुर खड्का  सहितको टोली पुगेको हो । पहिलो पटक चिनको तिब्वत र नेपालको सिमामा पर्ने माथिल्लो डोल्पाको मरिम्ला नाकामा जिल्लाको सुरक्षा निकायका प्रमुख पुगेका हुन । चिनसँगको व्यापारिक नाका मरिम्ला माथिल्लो डोल्पाका नागरिकका लागि व्यापारिक हिसाबले अस्थायी रुपमा खुल्ने भएकाले प्रमुख जिल्ला अधिकारी महत आफै सिमा अवलोकनमा पुगेका छन ।

जिल्लाको सुरक्षा प्रमुखको स्थलगत भ्रमणका हिसावले माथिल्लो डोल्पाको माटोमा नेतृत्वको ऐतिहासिक उपस्थिति मानिन्नछ । यस भन्दा पहिला प्रमुख जिल्ला अधिकारीले स्थलगत रुपमा भ्रमण माथिल्लो डोल्पा र सिमा सम्म गरेको कुनै रेकर्ड भने छैन ।  पाँच दिन लामो कठिन पदयात्रा गर्दै माथिल्लो डोल्पा पुग्नु केवल भ्रमण मात्र थिएन यो भ्रमण सरकार र जनताको दूरी घटाउने, पीडाको अनुभव गर्ने, र सेवालाई प्रत्यक्षरूपमा आत्मसात् गर्ने नेतृत्वको गहिरो प्रतिबद्धता  समेत रहेको मरिम्ला नाकाको १५ नम्वर स्तम्भवाट फर्किएका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले फोनमा सुनाए ।

डोल्पो बुद्ध गाउँपालिकाका जनप्रतिनिध,कर्मचारीहरु र डोल्पा जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रुक बहादुर खड्का सहित प्रमुख जिल्ला अधिकारी मतले सिमा क्षेत्र मरिम्ला पुगेर अनुगमन गर्दा नेपाल आफैमा स्वर्ग हो भने माथिल्लो डोल्पा त्यसको एक अभिन्न पाटो रहेको अनुभुति गरेको बताए । स‌ंघियता पछि स्थानीय सरकारले केहि राम्रा काम गरेको भए पनि प्रदेश सरकार र संघिय सरकारको उपस्थिति भने कमै हुने गरेकोले सरकारी निकायकोले जनतालाइ प्रत्यक्ष सेवाको अनुभुति हुने गरी काम गर्न जरुरी रहेको देखेर आफै सेवाप्रबाह वारे जान्न माथिल्लो डोल्पा पुगेको प्रजिअ महतको दावी छ । यो उपस्थिति केवल प्रशासनिक हैसियतको प्रदर्शन होइन, जनतालाई महसुस गराउने सरकारको उपस्थितिको सन्देश थियो।

माथिल्लो डोल्पाका नागरिकलाई घरमै सेवा प्रबाह  गरिएको छ । प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयले प्रदान गर्दै आएको सेवाहरु घर–घरमै पुगेर चीन प्रवेश–निर्गमन पास वितरण, बस्ती–बस्तीमा पुगेर जनजीवनका समस्याहरू नजिकबाट बुझ्ने, माथिल्लो डोल्पामा कार्यरत सरकारी कर्मचारीहरूले सीमित स्रोतसाधन र विषम मौसममा सेवा दिँदै आएका कठिनाइहरूलाई पनि प्रत्यक्ष रूपमा अवलोकन, चिनको सिमामा रहेको  १५ औं सीमा स्तम्भ (मारिम सीमा) निरीक्षण गरी आवश्यक पूर्वाधार विकासका आवश्यकता चिन्हित गरेका छन । साथै ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेका स्थलहरूमा पनि गरिमामय उपस्थिति जनाउदै जनताका गुनासाहरु समेत सुनेको प्रमखु जिल्ला अधिकारी महतले जानकारी दिए । डोल्पोलाई बुझ्न, देख्न र महसुस गर्न कागज होइन, पाइला टेक्नु आवश्यक छ भन्ने आजको शिक्षा हो यस कारण हरेकले पुग्ने जरुरी हरेको महतको भनाई छ ।

डोल्पो बुद्ध गाउँपालिकाका सर्वसाधारणका लागि यो सेवा केवल सुविधा होइन — सरकारको आत्मीय उपस्थिति अनुभूति गर्ने ऐतिहासिक क्षण बनेको छ ।   हालै सम्पन्न राष्ट्रिय परिचयपत्र (NID) वितरण शिविर र चीन प्रवेश–निर्गमन पास वितरण शिविर जनताको घरदैलोमै पुगेर सफलतापूर्वक सम्पन्न भएको छ । यदि नागरिकहरूलाई जिल्ला सदरमुकाम डुनै पुगेर यी सेवा लिनु पर्ने अवस्था पर्थ्यो भने,अकल्पनीय कठिनाइ, आर्थिक भार र समयको क्षति हुने निश्चित थियो।
तर यसपटक, सरकार स्वयं गाउँ–गाउँमा आइपुग्यो नागरिक अत्यन्तै खुसि छन हामी अत्यन्तै खुसी र कृतज्ञ छौं प्रजिअ महतले फोनमा खुसि सुनाए ।

डोल्पो बुद्ध गाउँपालिका अन्तर्गत ७ सय ९७ नागरिकले राष्ट्रिय परिचयपत्र, १ सय ५४ जनाले चीन प्रवेश–निर्गमन पास प्राप्त गरे। यी तथ्याङ्कहरू केवल सेवा वितरणको नभएको समेत प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतको दावी छ । उिन भन्छन जनताको मनमा सरकारप्रतिको विश्वास र अपनत्वको प्रतिबिम्ब छ । यसले जनताले महसुस गरे — सरकार टाढा छैन, सरकार नजिकै छ र आफ्नै छ। रक्षाको छायामा सेवा सफल प्रदान भयो भन्ने अपेक्षा महतको छ । यस्तै डोल्पो बुद्ध गाउँपालिकामा सम्पन्न राष्ट्रिय परिचयपत्र र चीन प्रवेश–निर्गमन पास वितरण शिविर सम्पन्न भयो  । स्थलगत भ्रमण नभएको भए केवल सरकारी सेवा वितरण मात्र होइन, नेपाल प्रहरीको सतर्क सुरक्षा, व्यवस्थापन र साथबिना सम्भव थिएन जो प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रुक बहादुर खड्का समेत आफै पुगेर नियालेका थिए ।

डोल्पा जिल्लाका प्रहरी नायव उपरिक्षक खड्का भन्छन कठिन भौगोलिक अवस्था र सीमित स्रोतबीच पनि, प्रहरीको अनुशासित उपस्थिति, शान्तिपूर्ण व्यवस्थापन र निःस्वार्थ सेवाले जनताको मन जित्यो।  उता प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत र प्रहरी नायव उपरिक्षक रुक बहादुर खड्का डोल्पोबुद्ध गाउँपालिका पुगेपछि डोल्पो बुद्ध गाउँपालिकाको तर्फबाट नेपाल प्रहरीलाई हार्दिक सम्मान र धन्यवाद समेत प्रकट गरेका छन । मरिम्ला नाका कहिले खुल्ने भन्ने वारे भने मिति तय भएको छैन जो अस्थायी रुपमा केहि दिनका लागी ब्यापारिक हिसाबले खुल्ने गर्दछ । प्रमुख जिल्ला अधिकारीको टोली तिन्जे हुदै शे-फोक्सुण्डो गाउँपालिका पुगेर फर्किने छ ।