
असार १७,
छार्का : भुमि समस्या समाधान आयोग डोल्पाले जिल्लाका अव्यवस्थित बस्ती को स्थलगत निरीक्षण गरेको छ। डोल्पाको छार्का ताङ्सोङ गाउँ पालिका वडा नं ४ को कागकोटमा शुक्रबार समितिले निरिक्षण गरेको हो। निरिक्षणको क्रममा कागकोट गाँउमा मात्र ६२ घर अव्यवस्थित रहेको तथ्याङ्क आयोगले निकालेको छ।
पहिले बसेको कागकोट बस्तीमा भिर बाट ढुङ्गा खसेर मानवीय तथा पशुवस्तु को क्षति भए पछि १५ बर्ष पहिला कागसेरामा अव्यवस्थित बसोबास गर्दै आएको स्थानीय छेवाङ गुरुङले जानाकारी दिए। पहिलेको बस्तीमा भिर बाट खसेर एक जना महिला र २ जना बच्चाको मृत्यु भए पछि रहर नभइ बाध्यताले हाल अव्यवस्थित बसोबास गर्नु परेको पनि गुरुङले बताए। पछिल्लो समयमा जनसंख्या बृद्धि र बस्ती तलको जमिन भासिदै गएकाले निकै समस्या भइ सुरक्षित ठाउँ कागसेरामा गएको र सुरुमा पाल टाँगेर बसेको पनि उनले बताए ।

निरिक्षणको क्रममा समितिका अध्यक्ष तुलाचन्द्र बुढाले कागकोट बस्ती सरेर ठिक भएको बताउनु भयो , यदि त्यो बस्ती नसरेको भए ठुलो धन जनको क्षति हुने रहेछ भन्दै अव ब्यबस्थित बस्तीका लागी प्रकृया बढेको भन्दै स्थानिय बासीलाई बिश्वास दिलाए । निरिक्षणमा समितिका विज्ञ सदस्य इन्द्र बहादुर बुढाले छार्का तामसोङ गाउँ पालिका भरी २२१ जनाको निवेदन आएकोमा वडा नं ४ कागकोटमा ६२ घर, वडा नं १ छार्का ८५ घर, वडा नं २ पिम्री र ठिम्मेरमा २६ घर, वडा नं ३ ढाड गाउँ र ढुकोटमा ३० घर र वडा नं ५ को पीम्रीमा १५ घर को निबेदन परेको बताए ।
समितिका अध्यक्ष तुलाचन्द्र बुढा , बिज्ञ सदस्य इन्द्र बहादुर बुढा, सदस्य सत्य बहादुर शाही, प्रशासनका अक्कल बडुवाल, जिल्ला वन बाट टेक वहादुर रावत, मालपोत बाट सिलास के सी, नापी का प्रकास सिंह ठकुरी, भुमि समस्या समाधान आयोग डोल्पा का सर्वेक्षक अमिन गरी १३ जना को टोली रहेको थियो। आयोग जिल्ला समिति डोल्पा ले तत्काल वडा नं ४ कागकोट बाट सुरु गरेर निवेदन परेका सबै वडा मा प्रकृया अगाडि बढाउने जनाएको छ।