
असार १६,
डाेल्पा : काईके गाउँपालिका–४ रिवा गाउँका बाढी पहिरो पीडितकाे लागि राहत संकलन भई रहेको छ । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढा बाढी तथा पहिरो पीडितका लागि नगद २५ हजार ५ सय सहयोग गरेका छन ।
स्थानीय सरकारद्वारा सुरु गरिएको राहत संकलन अभियानमा ऐक्यबद्धता जनाउँदै सांसद बुढाले २५ हजार ५ सय रुपैयाँ सहयोग गरेका हुन्। प्रदेश सरकारले गर्ने सवै खाले सहयोग गर्ने प्रतिबद्धता जनाउदै आफुले ब्यक्तिगत रुपमा थोरै भएपनि बिपत्तीको बेलामा नगद सहयोग गरेको मन्त्री बुढाले बताए । मन्त्री बुढाले भने यस प्राकृतिक प्रकोपबाट भौतिक सम्पत्तिमा गम्भीर क्षति पुगेको प्रति दुःख व्यक्त गर्दछु । भविष्यमा यस्ता विपत्तिका लागि पूर्वतयारी र सचेतनाको आवश्यकता रहेको समेत बताए ।
“रिवा लगायत डोल्पाका अन्य क्षेत्रहरूमा मानवीय क्षति नभए पनि संरचनात्मक नोक्सानी अत्यधिक छ। पूर्ण क्षति भएका घरपरिवारका लागि आवासको व्यवस्था गर्न म प्रदेश सरकारसँग र सम्बन्धित निकायहरूसँग पहल गर्ने र सवैले सकेको सहयोग गर्न मन्त्री बुढाले आग्रह समेत गरे।
यसका साथै भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीका प्रमुख स्वकीय पदम बुढाले समेत आर्थिक सहयोग गरेका छन । प्रमुख स्वकीय बुढाले बाढि र पहिरो पीडितलाइ नगद ५ हजार १ सय रुपैया सयहोग गरेका हुन । यस दुखद समयमा पीडितलाइ थोरै भएपनि राहत पुगोस भन्ने हेतुले पालिकाको अभियानमा जोडिएर सहयोग गरेको प्रमुख स्वकीय बुढाको भनाइ छ । त्यसैगरी मन्त्री बुढाकै स्वकीय सचिव प्रताप कार्किले पनि आर्थिक सहयोग गरेका छन । स्वकीय कार्किले ४ हजार १ सय रुपैया काईके ४ रिव गाउँका बाढि पहिरो पीडितका लागि आर्थक सहयोग गरेका हुन ।
असार १२ गते राति १२ बजेतिर आएको बाढीले रिवा गाउँका तीन वटा घर र एक विद्यालय पूर्णरूपमा ध्वस्त बनाएको छ। मानवीय क्षति भने नभए तापनि पीडितहरूका घरहरू बस्न नमिल्ने अवस्थामा पुगेका छन्। सिंगो रिवा बस्ती नै उच्च जोखिममा परेका कारण काईके गाउँपालिकाले ‘राहत कोष’ स्थापना गरी गाँस, बास र कपासको आवश्यकतामा केन्द्रित राहत संकलन गरिरहेको छ। बाढीपछिको संकट समाधान र पुनःस्थापनाका लागि स्थानीयदेखि प्रदेश र संघीय तहसम्मको सक्रियताका लागि यो पहल प्रेरणादायी बन्ने अपेक्षा गरिएको छ।