काईके ४ का वाढिपीडितलाइ वडा अध्यक्ष ठकुल्लाको २२ हजार सहयोग

जैतुन अनलाइन | २०८२ असार १४ गते शनिवार

असार १४,

डोल्पा : काईकेकाे रिवा बाढीपीडितलाई ठुलीभेरी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनराम ठकुल्लाले रु २२ हजार रुपैयाँ सहयाेग गरेका छन । रिवा बाढीपीडितका लागि वडा अध्यक्षले पीडितको घाउमा मलम लगाउन सानो सहयोग भन्दै नगद २२ हजार  सहयाेग गरेकाे बताएका छन। विपत्तिमा सहयाेग गर्नु मानवीय धर्म हो सवैले सकेको सहयोग गर्न वडा अध्यक्ष ठकुल्लाले सबैलाई आग्रह गरेका छन ।

डोल्पाको काईके गाउँपालिका वडा नं. ४ रिवा गाउँका बाढी तथा पहिरो पिडीतका लागी राहत संकलन भई रहेको छ । गाउँपालिकाले बाढीपिडितकाे लागि गाँस वास कपासकाे लागि राहत काेष मार्फत राहत संकलन गरिरहेको छ। यहि असार १२ गते राति  १२ बजेतिर आएको अबिरल बर्षाले काईके गाउँपालिका ४ को रिव गाउँमा बाढी ठुलो ३ वटा घर एउटा विधालयमा पुर्णरुपमा क्षेति पुर्याएको छ । बाढीले मान्छेमा कुनै क्षति नपुर्याएता पनि घरहरुमा भने बस्न नमिल्ने गरि क्षति पुर्याएकाे छ।