डोल्पामा पहिरोले काईकेमा ३ घर पुरिए बिद्यालयमा क्षति वाढिले अबरुद्ध सड्क खुलाईदै

जैतुन अनलाइन | २०८२ असार १३ गते शुक्रवार

असार १३,

डोल्पा : अविरल वर्षाले डोल्पामा ठुलो क्षति गरेको छ । बिहिवार राती परेको बर्षाले आएको पहिरोले  काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा ३ घर पुरिएका छन ।  छ ।  गएराति साढे १२ बजेतिर बस्तीभन्दा माथिबाट लेदोसहितको पहिरो खस्दा ३ घर पुरिएका हुन भने बिद्यालयमा समेत लेदाे भरिएको छ । लेदो सहितको पहिरोले रिवाकै अन्य ५३ घरमा क्षति पुगेको छ भने उद्धार कार्य जारी रहेको र मानवीय क्षति भने भएको छैन ।

राति आएको बाढिमा भएको क्षतिको स्थलगत रुपमा अध्ययन गर्न काईके गाउँपालिका अध्यक्ष अंगद कुमार राना सहितको टोली प्रभावि क्षेत्रमा पुगेको छ । पहिरोका कारण ३ घर पुरिएर पूर्ण रूपमा क्षति भएको र १२ घरमा मध्यम क्षति पुगेको  जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुक बहादुर खड्काले जानाकरी दिए । (डीएसपी) खड्का अनुसार पहिरोले एउटा विद्यालय भवनमा पनि पूर्ण क्षति पुर्‍याएको र बाँकी घरहरूमा सामान्य क्षति पुगेको बताए ।
काईके -४ काे रिवा भन्ने बस्तिमा ‘बस्तीभन्दा करिब ५ सय मिटर माथिबाट लेदोसहितको पहिरो आएको छ ।  मोटरबाटो खन्दा निस्किएको माटो र ढुङ्गासहितको लेदो बगेर बस्तीमा पस्दा ८ घर पुरिएको अनुमान गरिएको छ । यस्का साथै  पुथा आधारभुत बिद्यालयको १ तले ४ कोठे जस्ताले छाएको कच्ची भवन पुर्ण रुपमा क्षति भएको  छ । बिद्यालयमा रहेका कम्प्युटर, फोटोकपि मेसिन, सि.सि.टि.भि., दिवा खाजा गरी अ. २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुक बहादुर खड्काले जानाकरी दिए । स्थानीय युवाहरु र प्रहरीले राति देखी नै उद्धारको काम गरि रहेकाछन ।
(डीएसपी) खड्का अनुसार पुर्ण रुपमा क्षति भएका घरहरुको विवरण:- (रासन,भाँडावर्तन, लत्ताकपडा सहित) काईके गा.पा. ४ रिवा बस्ने बर्ष २१ को मनराज बि.क.को १ तले ३ कोठे शौचालय सहितको कच्ची घर (अनुमानि १२ लाख बराबरको क्षेति भएको  बर्ष ३२ को सुरेन्द्र बि.क.को २ तले ६ कोठे कच्ची घर (अनुमानित १३ लाख,बर्ष ५० को धनलाल सुनारको १ तले ३ कोठे शौचालय सहितको कच्ची घर अनुमानित ११ लाख बरावरको क्षेति भएको बताए ।
यसका साथै  आंसिक रुपमा १२ वटा घरहरुमा क्षति भएको अ. ३० लाख बराबरको क्षति भएको  छ भने सामान्य रुपमा ४० वटा घरहरुमा क्षति भएको अ. ९८ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।  घटनालगत्तै स्थानीय प्रहरी चौकी तथा जिल्ला सदरमुकाम दुनैबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ । सशस्त्र प्रहरीका सईको कमान्डमा ११ जनाको टोली घटनास्थल पुगिसकेको   र सवै सुरक्षा निकायको टोली घटानस्थल पुगी उद्धार कार्य गरि रहेको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए । प्रजिअ महतले भने तत्काल काईके गाउँपालिकाले राहत व्यवस्थापन गर्ने छ र शनिवार जिल्ला बिपत ब्यवस्थापन समितिको बैठक बसेर राहतकाे लागी नियमानुसार कार्य थाल्नेछ ।

काइके गाउँपालिकाका अध्यक्ष अंगद कुमार राना पनि प्रभावितहरुका लागि खाद्यान्न र बासको व्यवस्था मिलाउन घटनास्थलमा पुगि सकेका छन ।  पहिरोका कारण अधिकांश घरहरु बस्न नमिल्ने भएका छन् । घरभित्र लेदो पसेकाले स्थानीय बासिन्दा विस्थापित भएका छन् । पहिरो आउन सुरु भएसँगै स्थानीय भाग्न सफल भएकाले  मानवीय क्षती भने भएको छैन । सदरमुकाम दुनैबाट करिब ६ देखि ७ घण्टाको पैदल दुरीमा रिवा गाउँ पर्दछ ।

गए राति नै परेको अविरल बर्षाले ल्याएको बाढिले त्रिपुराकोट देखी दुनै सम्मको सड्क अवरुद्ध भएको छ । अवरुद्ध सड्क भेरी करिडोरले खोल्ने काम जारी राखेको र भरे बेलुकी सम्म त्रिपुराकोट दुनै सड्क सञ्चालनमा आउने बिश्वास लिएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए । बर्षा धेरै नै हुने गरेको र कुनै पनि बखत कतै पनि बाढि र पहिरो आउने भएकोले सचेत रहन नागरिकलाइ प्रमुख जिल्ला अधिकारी महतले आग्रह गरे । महतले भने तपाइकहाँ प्राकृतिक बिपत्ती आए प्रहरी र जिल्ला प्रशासनलाइ खवर गर्नु उद्धारमा सहज हुनेछ ।