छार्का ताङसोङ गाउँपालिकाको १६ औँ गाउँ सभाले ३३ करोड माथिको बजेट पारीत

जैतुन अनलाइन | २०८२ असार ११ गते बुधवार

असार ११,

कागकोट : छार्का ताङसोङ गाउँपालिकाको १६ औँ गाउँ सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८२/२०८३ को लागी छार्का ताङसोङ गाउँपालिकाले मंगलवार बजेट पारित गरेको हो । कुल ३३ करोड ७७ लाख बजेट सर्वसम्मत पारीत भएको छ । गाउँपालिका अध्यक्ष सेनाङ गुरुङको अध्यक्षतामा रहेको बिशेष सभामा उपाध्यक्ष कर्मा ढुण्डुप गुरुङ्गले बजेट पेश गरेका थिए । सभामा पेश भएको आगामी आर्थिक बर्षका लागि पूर्वाधार निर्माण,शिक्षा र स्वास्थ्यमा पहिलो प्राथमिकता राखेर बिनियोजन भएकोले सर्वसम्मत पारीत भएको उपाध्यक्ष गुरुङ्गले बताए ।

डोल्पा क्षेत्रवाट सड्क सञ्जालमा नजोडिएको छार्का अव भने आउने आर्थिक बर्षमा जोडिने अपेक्षा गरिएको छ । सवै क्षेत्रमा समेटेर बजेट विनियोजन गरिएको छ भने पालिकामा काम गर्ने कर्मचारीहरुलाइ सम्मान समेत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमरराज सेजुवालले जानकारी दिए ।