जगदुल्ला गाउँपालिकाले १८औँ गाउँ सभावाट ३३ करोड ८२ लाख बढि बजेट पारीत गर्यो

जैतुन अनलाइन | २०८२ असार ११ गते बुधवार

असार ११,

जगदुल्ला : गदुल्ला गाउँपालिकाले १८औँ गाउँ सभा मंगलवार सम्पन्न भएको छ । भब्य समारोहका बिच पालिकाको केन्द्र माझगाउँमा आगामी आर्थिक बर्षको बजेट सर्वसम्मत पारीत गरिएको हो । आर्थिक बर्ष २०८२/२०८३ का लागी गदुल्ला गाउँपालिकाले १८औँ गाउँ सभावाट ३३ करोड ८२ लाख ५३ हजार ६ सय ३२ रुपैया रहेको बजेट पेश भएको थियो।

गदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायाको अध्यक्षतामा भएको १८औँ गाउँ सभामा उपाध्यक्ष अमृता लामाले आर्थिक बर्ष २०८२/२०८३ को बजेट सभा समक्ष पेश गरेकी थिइन । उपाध्यक्ष लामाले बिभिन्न क्षेत्रमा विनियोजित बजेटमा चालु तर्फ १७ करोड ४२ लाख ५२ हजार र पूजिगत तर्फ १६ करोड ४० लाख १ हजार ६ सय ३२ रुपैया गरि कुल ३३ करोड ८२ लाख ५३ हजार ६ सय ३२ रुपैया सभामा पेश गरेको बताइन । सभामा पेश भएको बजेट सर्वसम्मत रुपमा पास भएको उपाध्यक्ष लामाले जानकारी दिईन ।

आगामी आर्थिक बर्षको बजेटमा पालिकाको विकासमा दृघकालिन रुपमा फाईदा हुनेगरी विनियोजन भएको ३३ करोड जगदुल्ला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र ऐडीले जानकारी दिए । ऐडीले भने कुल वजेटमा पूर्वाधार तर्फ ११ करोड १८ लाख,आर्थिक तर्फ २ करोड ६६ लाख १९ हजार,शिक्षातर्फ ६ करोड ८१ लाख,स्वास्थ्य तर्फ २ करोड ११ लाख र बाँकी अन्य बिभिध क्षेत्रमा बिनियोजन भएको छ । यसका साथै गाउँ सभाले विनियोजन ऐन २०८२,आर्थिक ऐन २०८२ र आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०८२ समेत पास गरिएको छ ।

छिमेकी पालिकाहरुसँग सडक् ट्रयाक जोडि सकेको जगदुल्ला गाउँपालिकामा अव पालिका भित्रका थप पूर्वाधारमा केन्द्रीत रहेर बजेट बिनियोजन भएको गदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायाले बताए । अध्यक्ष रोकायाले भने पालिकाको प्रमुख प्रशासकिय भवन निर्माण भएको छ यस आर्थिक बर्षमा ५ वटा वडाका भवन निर्माणको चरणमा छन बाँकी एक वडाको पनि आउने आर्थिक बर्षमा निर्माणको प्रकृयामा जाने र सवै वडाका भवनहरु आउने आर्थिक बर्षमा सेवा प्रदान गर्ने गरी सम्पन्न हुनेछन ।