
जेठ ०६,
डाेल्पा : पेशागत महासंघ नेपाल डाेल्पाले ३१ औं स्थापना दिवसको अवसरमा मजदुरहरुलाई सुरक्षाका सामाग्री र फलफूल वितरण गरेकाे छ। मंगलबार सदरमुकाम दुनै स्थित विभिन्न स्थानमा मजदुरी गर्ने मजदुरलाई काम गर्दा प्रयाेग गर्ने पन्जा, मास्क, फलफूल वितरण गरिएको हाे । नेकपा एकीकृत समाजवादी पार्टी निकट पेशागत महासंघ नेपालकाे केन्द्रीय सर्कुलर तथा निर्देशन अनुसार डाेल्पामा पनि मजदुरहरुलाई सुरक्षाका सामाग्री र फलफूल वितरण गरिएको पेशागत महासंघ नेपाल डाेल्पाका अध्यक्ष राजन कुमार डाँगीले बताए।
जुनसुकै क्षेत्रमा काम गरेतापनि सबै पेशाकर्मी नै भएकाे हुदा एकले अर्काेलाई सम्मानका साथ दुखसुखमा हातेमालो गर्नु नै मानवताकाे दायित्व रहेकाे अध्यक्ष डाँगीले बताए । कार्यक्रम एकीकृत समाजवादी पार्टी डाेल्पाका नेता तथा कार्यक्रताहरुकाे सहभागीता रहेकाे थियाे। सुरक्षा सामाग्री र फलफूल वितरण पछि मजदुरहरुले खुसीको साथ धन्यवाद व्यक्त गरेका थिए।
