
जेठ ०५,
डोल्पा : डोल्पाका यार्सा पाटन खुलेका छन । जिल्लाको सर्वदिलय निर्णयानुसार डोल्पाका यार्सागुम्वा पाउने बुकी पाटन सोमवार देखी खुलेका हुन । जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाको अध्यक्षतामा बैशाख २१ गते बसेको जिल्लाको सर्वदलिय सर्वपक्षिय वैठकले जिल्लाका सवै यार्सापाटनहरु जेठ ५ गते आम संकलकहरुका लागी खुला गर्ने निर्णय गरे बमोजिम पाटनहरु खुला गरिएको हो । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यलयको आयोजनामा र डिभिजन वन अन्तरगतका यार्सा पाउने पाटनहरु खुला भएका हुन ।
जिल्लाको सर्वदलिय निर्णयानुसार शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगतका वनहरु मात्रै खुला भएका छन । सामुदायीक बनहरु भने अझै केहि दिन पछि मात्रै खुला हुने देखिएको छ । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगतका सवै पाटनहरु भने आधिकारीक रुपमा एक महिनाका लागि खुला गरिएको छ । निकुञ्ज क्षेत्रका वनहरुमा कति जनाले प्रबेश गरेका छन भन्ने बारे भने एकिन तथ्याङ्क आउन बाँकी नै रहेको छ ।
यार्सागुम्बा संकलकले पाटन प्रबेशका लागि निकुञ्जको नियमानुसार ‘क’ र ‘ख’ वर्ग पुष्टी हुने परिचय खुल्ने कागजात सहित प्रबेश गर्नु पर्ने छ । ‘क’ वर्ग भन्नाले निकुञ्ज क्षेत्रका नागरिक जस्ले प्रबेश शुल्क ५ सय तिर्नुपर्छ र ‘ख’ वर्ग भन्नाले डोल्पा जिल्लाका नागरिकहरु उनिहरुले २ हजार शुल्क तिर्नुपर्दछ । यदि ‘क’ र ‘ख’ वर्ग पहिचान हुने कुनै पनि कागजात नभएको अवस्थामा ‘ग’ वर्गको अर्थात जिल्ला बाहिरका नागरिकको सरह प्रबेश शुल्क काट्नुपर्ने निर्णय मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिले गरेको छ ।