
बैशाख २५,
सुर्खेत :कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ‘कर्णाली प्रदेश ससर्त अनुदान सम्बन्धी कार्यविधि, २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रदेश सभामा दर्ता भएको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ फिर्ता लिने र ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ कर्णाली प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत गरिएको छ ।
‘कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ प्रशासन तथा विधेयक समितिबाट प्राप्त परिमार्जन सहितको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।