माथिल्लो डोल्पामा ईलाका प्रशासन स्थापना गर्न पुर्व मन्त्री बुढाको गृहमन्त्रीसङ्ग माग

जैतुन अनलाइन | २०८२ बैशाख २४ गते बुधवार

बैशाख २४,

काठमाडौं  : प्रतिनिधि सभा सदस्य तथा पुर्व शहरी बिकास मन्त्री धनबहादुर बुढा र गृहमन्त्री रमेश लेखक बिच भेटघाट भएकाे छ। बुधबार गृह मन्त्री लेखकलाई भेटेर सांसद बुढाले  माथिल्लो डाेल्पाकाे धाे मा इलाका प्रशासन कार्यालय स्थापना गरि कामकाज सुरु गर्न आग्रह गर्नुभएकाे छ।



माथिल्लो डाेल्पामा पर्ने शे-फाेक्सुण्डाे गाउँपालिका, छार्काताङसाेङ गाउँपालिका र डाेल्पाेबुद्व गाउँपालिकाका स्थानीयलाई सहज हुनेगरी नागरिकता सहितकाे सेवासुबिधा दिने गरि डाेल्पाे बुद्व गाउँपालिका वडा नं.  १ धाे मा इलाका प्रशासन कार्यालय स्थापना गर्न गृहमन्त्री रमेश लेखकलाई अनुरोध गरेकाे प्रतिनिधि सभा सदस्य तथा पुर्व शहरी बिकास मन्त्री धनबहादुर बुढाले बताउनुभयाे ।

भाैगाेलिक रुपमा बिकट माथिल्लो डाेल्पाका नागरिकलाई नागरिकता, राष्ट्रिय परिचयपत्र लगाएतका प्रशासनबाट हुने कामकाजकाे लागि करिब एक हप्ताको बाटाेमा पैदल हिडेर सदरमुकाम दुनै पुग्ने गर्दछन। भेटमा गृहमन्त्री लेखकले माथिल्लो डाेल्पाका स्थानीय नागरिकको समस्यालाई मध्यनजर गर्दै  धाे मा इलाका प्रशासन स्थापना गरि कामकाज संचालकाे लागि छिट्टै मन्त्री परिषद्काे बैठकमा प्रस्ताव लिने आश्वासन दिनुभएको सांसद बुढाले बताउनुभयो। यसअघि पनि पटकपटक इलाका प्रशासन स्थापना गर्नकाे लागि आग्रह गरेकाे तर सुनुवाइ नभएको पनि गृहमन्त्री लेखकलाई गुनासो व्यक्त गरेकाे उहाँले बताउनुभयो । डाेल्पाकाे समग्र बिकास र नागरिकका समस्यालाई कसरी हुन्छ सहज गर्नकाे लागि राज्यको सम्बन्धित ठाउँमा पुर्याउने काम गरिरहेको उहाँले बताउनुभयो ।

यस्तै तल्लो डाेल्पाकाे जगदुल्ला र मुड्केचुलाका नागरिकलाई सेवा दिने गरि स्थापना गरेकाे इलाका प्रशासन कार्यालय इलबाट आवश्यक प्रविधि स्राेत सामाग्री  व्यवस्थापन गरि कर्मचारी खटाइ नियमित सेवा प्रदान गर्न गृहमन्त्रीलाई ध्यानाकर्षण गराएकाे संसद बुढाले जानकारी दिनुभयो