नेपाल लाईफ इन्स्योरेन्सका ७५ जना अभिकर्तालाई पुनर्ताजगी तालिम

जैतुन अनलाइन | २०८१ चैत्र ९ गते शनिवार

चैत्र ०९,

डाेल्पा : नेपाल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा डाेल्पाका अभिकर्तालाई पुनर्ताजगी तालिम सम्पन्न भएकाे छ। नेपाल लाईफ इन्स्योरेन्स क.लि उपशाखा डाेल्पाकाे आयाेजनामा शनिबार सदरमुकाम दुनै बजारमा जिल्लाका अभिकर्ताहरुलाई बिमा सम्बन्धित सम्पूर्ण जानकारी गराइएको हाे।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेश कार्यालय प्रमुख अनन्त अधिकारीले सहभागी नयाँ र पुराना अभिकर्ताहरुलाई बिमा भनेकाे के हाे ? बिमा कसरी गर्ने ? बिमा गर्दा बिमित र अभिकर्तालाई हुने फाईदा, बिमा सम्बन्धित ऐन नियम  कानुन लगाएतका बिषयमा प्रशिक्षण दिइएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा डाेल्पाका प्रमुख पदम बहादुर शाहीले जानकारी दिनुभयो ।

उपशाखा प्रमुख शाहीका अनुसार डाेल्पामा नेपाल लाईफ इन्स्योरेन्सकाे कार्यालय २०७५ सालमा स्थापना भएकाे हाे । यस शाखाबाट हाल सम्म १ हजार ५ सय ९८ जनाले बिमा गरेका छन। डाेल्पामा ५ जनाकाे मृत्युु दावी भुक्तानी दिइएको छ भने एक जनाले अशक्त सेवा सुविधा लिइ रहेका छन।  पुनर्ताजगी तालिममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा डाेल्पाका ७५ जना अभिकर्ता सहभागी भएका थिए।