डोल्पो क्याम्पसमा स्ववीयु निर्वाचनमा अनेरास्ववियुको संयुक्त प्यानल बिजयी

जैतुन अनलाइन | २०८१ चैत्र ५ गते मङ्गलवार

चैत्र ०५,

डोल्पा : डोल्पो क्याम्पसमा स्ववीयु निर्वाचनमा अनेरास्ववियुको संयुक्त प्यानल बिजयी भएको छ । डोल्पो क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका गोकर्ण बुढाथोकि निर्वातिच भएका छन । डोल्पो क्याम्पसमा नेकपा (एमाले) नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीको बाम गठबन्धनले अनेरास्ववियुको संयुक्त प्पानल बनाइ नेबिसंघसँग  प्रतिस्प्रधा गरेको थियो । मंगलवार क्याम्पसमा भएको निर्वाचनमा कुल मतदाता मध्य १ सय २१ जनाले निर्वाचनमा मतदान गरेका थिए ।

निर्वाचनवाट कुल मतमा ६१ मत प्राप्त गरी गोकर्ण बुढाथोकी सभापतिमा निर्वाचित भएका हुन । यसैगरी बाम गठबन्धनकै सिचव पदका उम्मेदवार भिम बहादुर रानाले ६८ मत प्राप्त गरी सचिव पदमा बिजयी भएका छन । कोषाध्यक्षमा सुस्मिता कार्कीले ५७ मत प्राप्त गरी बिजयी भएकी छिन भने सदस्यमा पबि शाहीले ३९ मत र पञ्चमायाँ कार्किले ६९ मत प्राप्त गरी बिजयी भएकी  र बाम गठबन्धनको संयुक्त प्यानलले डोल्पो क्याम्पसको स्ववियु निर्वाचन हात पारेको अनेरास्ववियुका डोल्पा जिल्ला ईन्चार्ज जनकराज कार्किले जानकारी दिए ।

स्वबियु निर्वाचनमा प्यानल नै बिजय भएपछि बिजेताहरु र तिनवटै पार्टीका नेता तथा कार्यकर्ताहरुले दुनै बजार परिक्रमा गरि कोणसभा समेत गरेका थिए । कोणसभामा तिनै दलका नेताहरुले शुभकामना दिदै भने अब आउने निर्वाचन सम्म डोल्पो क्याम्पसमा यो नव निर्वाचित कमिटीले गर्नुपर्नै सवैखाले शिक्षासँग जोडिएका र बिद्यार्थीका काम उल्लेख्य गर्ने जिम्मेवारी पाएकोले एक ढिक्का भएर लाग्न आग्रह गरे । निर्वाचन हो हार जित प्रकृया हो तर नेबिसंघका प्रत्यासिहरुले पनि बिद्यार्थि र शिक्षाका सवालमा एकै साथ जाने कुरामा बिश्वस्त रहने डोल्पा जिल्ला ईन्चार्ज जनक कार्कीले बताए । उनले भने नेबिसंघले पनि अबको कार्यकालमा नयाँ नेतृत्वलाइ सकारात्मक सुझाव र गलत कुराको खवरदारी गरि रहने छ ।

यसका साथै डोल्पाको लिकु संयुक्त क्याम्पसमा भने चरवटै दलले पदिय बाँडफाड गरी अनेरास्ववियु क्रान्त्तीकारीको नेतृत्वमा स्ववियु घोषणा भइ सकेको छ । डोल्पामा रहेका दुई क्याम्पसमा लिकु संयुक्त क्याम्पसमा क्रान्तिकारी र डोल्पो क्याम्पसमा अनेरास्ववियुले नेतृत्व गर्ने भएको छ । दुइृ जना सदस्य भने निर्विरोध निर्वाचित भएका छन ।