ठुलिभेरी नगरपालिकामा नगरबस सञ्चालन

जैतुन अनलाइन | २०८१ फाल्गुन २६ गते सोमवार

फागुन २६,

डोल्पा : डोल्पाको ठुलिभेरी नगरपालिकाले पहिलोपटक नगरबस सञ्चालन गरेको छ। सोमवार त्रिपुरासुन्दरी मन्दिरमा बिषेश पुजापाठ गरेर  नगरबस सञ्चालनमा ल्याइएको हो। डोल्पामा स्थानीय सरकारले नगर वस सञ्चालन गर्ने पहिलो स्थानीय तह ठुलीभेरी नगरपालिका बनेको छ ।

सड्कको पहुच पुगेसँगै जिल्लाका ८ वटा स्थानीय तह मध्य सवैभन्दा पहिलोपटक ठुलिभेरी नगरपालिकाले नगरबस सञ्चालन गरेको हो।यो नगरवस हाल ठुलीभेरी नगरपालिकाको दुनै-रुपगाड-कालागौडा-मतिपुर-डाँगीवाडा र जुफाल सम्म चल्ने छ ।

ठुलीभेरी  नगरपालिका भित्र अधिकाँश बस्तीमा सडकको विस्तार भइ सकेकोले  नगरबासीलाई यातायातको सुविधा सुलभ हिसावले दिन नगरबस सञ्चालनमा ल्याइएको ठुलीभेरी नगरपालिकाका नगर प्रमुख सुवर्ण कुमार बुढाले बताए।

नगर प्रमुख बुढाले भने नगरक्षेत्रका  नगरबासीहरूलाइ  कार्यालयको काममा सदरमुकाम दुनै पुग्न घन्टौं लाग्ने र निजी गाडीको चर्को भाडाले मारमा परेको हुदा शुलभ यातायातमा यात्रा गराउन नगर वस संञ्चालन गरेका छौ ।  रिजर्भ गर्न सवैको पहुच पुग्दैन नगरपालिकाका नागरिकले सहज र शुलभ यात्रा गर्न पाउनुपर्छ  महंगिको भारवाट नागरिकलाइ छुटकारा दिन र घर आँगनबाटै सशुल्क यातायातको सुविधा दिन नगरबस किनेर संचालनमा ल्याएको नगर प्रमुख बुढाको दावी छ।

यि तोकिएका ठाँउवाट नागरिकले नगरपालिकाले तोकेको सस्तो भाडामा यातायात गर्न पाउनेछन । अधिकतम दुइ सयमा नगर वसमा नागरिकले यात्रा गर्न पाउने र सड्कको थप व्यवस्थापन सँगै अन्य गाउँमा पनि नगर वसले सेवा दिने गरि काम गरि रहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत डिल प्रसाद रोकायाले बताए । रोकायाका अनुसार हाल डोल्पामा पहिलो पटक नगर वस सुरुवात गरिएकोले एकै पटक धेरै ठाउँमा सेवा दिन कठिन नै हुने र प्राबिधिक कुरा मिलाएर सेवा थप बिस्तार गरिने जानकारी दिए । यसवाट नगरपालिकाले आम्दानी पनि गर्ने र नागरिकले सहज शुलभ सेवा पनि पाउने अपेक्षा ठुलीभेरी नगरपालिकाले गरेको छ ।