
फागुन १५,
डोल्पा : नेकपा (एमाले)काईकेको गाउँ कमिटीको अध्यक्षमा राजकुमार रोकाया पुन: सर्वसम्मत चयन भएका छन । काईके गाउँपालिकाको तेस्रो पालिका अधिवेशनबाट रोकाया पुन सर्वसम्मत पालिका कमिटीको अध्यक्षमा चयन भएका हुन । राजकुमार रोकायाको अध्यक्षतामा २१ सदस्यिय गाउँ कमिटी र ५ सदस्यिय लेखा आयोग समेत गठन भएको छ ।
काईके गाउँपालिकाको तेस्रो पालिका अधिवेशनबाट अध्यक्षमा राज कुमार रोकाया,उपाध्यक्षमा काजी रोकाया,सचिवमा धावा बुढा,उप-सचिवमा काजी झाँक्री,उप-सचिवमा छिरिङ्गलामु रोकाया चयनमा भएका हुन । त्यसै गरी सदस्यहरुमा छिरिङ्टसी बुढा,प्रकाश राना,धनराम सुनार,नविन कि क,नन्दलाल झाँक्री,माल बहादुर रोकाया,राजेन्द्र झाँक्री,भिम गौचन,ग्याल्बो रोकाया,पालछिरिङ बुढा,भिम बुढा,राजिमान बुढा,नरमती मिजार,मदन मिजार,सितमान कामी र जयकुमारी बोहोरा चयन भएका छन । नव निर्वाचित गाउँ कमिटीका पदाधीकारीहरु र लेखा आयोगका पदाधिकारीहरुलाई नेकपा (एमाले) डोल्पाका पार्टि अध्यक्ष लंक बहादुर रोकायाले पद तथा गोपनियताको सफतग्रहण गराएका थिए ।

यसका साथै लेखा आयोगको अध्यक्षमा गंग बुढा,सचिवमा बम बहादुर रोकाया र सदस्यमा पञ्च बहादुर बुढा,चनु रोकाया र प्रिती सुनार सर्वसम्मत चयन भएका हुन । नेकपा (एमाले) केन्द्रीय सदस्य एवम डोल्पा जिल्ला ईन्चार्ज बदमीक्वारा बोहोराको प्रमुख आतिथ्यमा भएको काईके गाउँ कमिटीको तेस्रो अधिवेशनमा कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढा बिशेष अतिथिमा रहेका थिए । मन्त्री बुढाको जन्म स्थल भएको कारण पालिकाको अधिवेशनमा बुढाको उपस्थिति बिशेष रहेको धेरै नेताहरुको बुझाई रहेको थियो । नेकपा (एमाले) डोल्पाका अध्यक्ष लंक बहादुर रोकायाले पूर्व शहरी विकास मन्त्री धन बहादुर बुढालाई सम्झिदै भने नेकपा (एमाले) यति धेरै बलियो उनैको साथ सहोगले बनेको थियो र अव पनि बन्नेछ । रोकायाले भने पार्टी केन्द्रिय निर्देशन अनुसार सबैले ३ महिने अभियानलाई तिव्र बनाउन सवै लाग्नुपर्ने बताए ।

नव निर्वाचित गाउँ कमिटीका पदाधिकारीहरुलाइ बधाइ तथा शुभकामना दिदै भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले भने अव काईकेमा नेकपा (एमाले) पार्टि कस्तो बनाउने र मिसन ८४ सफल बनाउने पूर्ण रुपमा जिम्मा कमिटी पाएकोले अहोरात्र पार्टीको काममा लाग्नुपर्ने बताए । विकास,राजनिति र अन्य कुनै पनि काममा जनताको सारथी बन्न पर्ने भन्दै सवैसँग सहकार्य गरेर पालिकामा पार्टीको बिधि,पद्धतीमा रहेर जान समेत मन्त्री बुढाले निर्देशन दिए । त्यसै गरी नेकपा (एमाले) केन्द्रीय सदस्य एवम डोल्पा जिल्ला ईन्चार्ज बदमीक्वारा बोहोराले भनिन काईके नेता जन्माउने उर्वर थलो भएकोले अवका युवाहरुले पनि अग्रज नेतालाइ पछ्याउन जरुरी रेहेको बताइन । बोहोराले भनिन संघिय सासद पूर्व शहरी विकास मन्त्री धन बहादुर बुढा हाल फरक पार्टीमा रहेपनि अव एकसाथ भएर जानेमा कुनै संका नगर्न र जनस्तरवाट पनि एमाले फर्कन जोड गर्न आग्रह गरिन ।

नेकपा (एमाले) डोल्पाले काईके गाउँ पालिकाको पालिका अधिवेशनसँगै तल्लो क्षेत्रका पाँच वटै पालिकाको अधिवेशन सम्पन्न गरेको छ । माथिल्लो डोल्पाका ३ वटा पालिकामा भने बैशाखवाट पालिका अधिवेशन गरिने नेकपा (एमाले)डोल्पाका अध्यक्ष लंक बहादुर रोकायाले जानकारी दिए । रोकायाले अव ३ महिने वडा केन्द्रित अभियानलाइ पनि निरन्तरता दिने र हरेकले आफुले पाएको जिम्मेवारी पूरा गर्न समेत निर्देशन दिए ।