अखिल नेपाल महिला संघ मुड्केचुला गाउँपालिकाको अध्यक्षमा उषा बुढा मगर

जैतुन अनलाइन | २०८१ फाल्गुन ११ गते आइतवार

फागुन ११,

डोल्पा : अखिल नेपाल महिला संघ मुड्केचुला गाउँपालिकाको पालिका अध्यक्षमा उषा बुढा मगर निर्वाचित भएकी छन । आइतवार मुड्केचुला गाउँपालिकामा भएको नेकपा (एमाले) निकट भातृ संगठन अखिल नेपाल महिला संघको पालिका अध्यक्षमा उषा बुढा मगर चयन भएकी हुन ।मुड्केचुला गाउँपालिकाको चौथो पालिका कमिटी गठन भए लगत्तै भातृ संगठन अखिल नेपाल महिला संघको पालिका अधिवशेन गरी नयाँ नेतृत्व चयन गरिएको अखिल नेपाल महिला संघ कर्णाली प्रदेश सदस्य लक्ष्मी बोहोराले जानकारी दिइन ।

पालिका कमिटीको अध्यक्षमा उषा बुढा मगर,उपाध्यक्षमा  निर्माला थापा,धनरुपा बुढा सचिव,उमा बुढा कोषाध्यक्ष सहित २२ सदस्यिय अखिल नेपाल महिला संघ मुड्केचुला गाउँपालिका कमिटी गठन भएको छ । महिलाका हक अधिकारका वारेमा जुझारु बन्न नेकपा (एमाले) केन्द्रिय सदस्य एवम डोल्पा जिल्ला ईन्चार्ज बदमीक्वारा बोहोराले बताइन । नवनिर्वाचित महिला संघका पदाधिकारीहरुलाइ कर्णाली प्रदेश सदस्य लक्ष्मी बोहोराले पद तथा गोपनियताको सफतग्रहण गराएकी थिइन । यसका साथै नेकपा (एमाले) पार्टिका पालिकामा रहेका सवै भातृसंगठनहरुको अधिवेशन गरिने डोल्पा जिल्ला ईन्चार्ज बोहोराले जानकारी दिईन ।