नेकपा (एमाले) त्रिपूरा सुन्दरी नगरपालिकाको चौथो नगर अधिवेशन शुभारम्भ

जैतुन अनलाइन | २०८१ माघ २८ गते सोमवार

माघ २८,

त्रिपूराकोट : नेकपा (एमाले) डोल्पा त्रिपूरा सुन्दरी नगरपालिकाको चौथो नगर कमिटीको अधिवेशन शुभारम्भ  भएको छ । सोमवार नेकपा (एमाले) डोल्पाका नेता तथा कार्यकर्ता त्रिपूरा सुन्दरी नगरपालिका वगरमा बृहत र्याली सहित समेत गरेर उद्धघाटन समरोहमा सामेल भएका छन । नेकपा (एमाले) केन्द्रीय सदस्य एवम डोल्पा जिल्ला ईन्चार्ज बदमीक्वारा बोहोरा र नेकपा (एमाले) डोल्पा पार्टी अध्यक्ष लंक बहादुर रोकायाले दिप प्रज्वलन गरेर चौथो नगर कमिटी अधिवेशनको उद्धघाटन गरेका हुन ।

सोमवार नगर अधिवेशनको उद्धघाटन भएपनि अधिवेशन भने माघ ३० गते सम्म चल्नेछ । चौथो अधिवेशन उद्धघाटन सत्रमा नेकपा (एमाले) डोल्पाका बिभिन्न तहका नेताहरुले शुभकामना राख्नेछन भने त्यसपछि बन्दसत्र सुरु हुनेछ । नगर कमिटीको अधिवेशनमा अध्यक्ष सहित अन्य पदाधिकारीहरुमा आकाँक्षा धेरैको भएको कारण सवैलाइ व्यवस्थापन गर्न समय लाग्ने भएकोले पनि नगर कमिटी अधिवेशन ३ दिन सम्म चल्ने त्रिपुरा सुन्दरी नगरपालिका ईन्चार्ज चन्द्रा कुमारी बुढाले बताइन ।

ईन्चार्ज बुढाका अनुसार पार्टिमा यति धेरै चासो राखेर बिभिन्न पदमा आकाँक्षा राख्नु नेकपा (एमाले) का लागि खुसिको कुरा हो हामी सवैलाइ मिलाएर लैजान्छौ कुनै पनि पदमा मतदान हुदैन छलफलवाट सवै पदमा टुङ्गिन्छ । जनसंख्याको हिसावले डोल्पाकै सवैभन्दा ठुलो नगरपालिका हो भने लगातार दुइ कार्यकाल नेकपा (एमाले) ले नै नेतृत्व गरि रहेको छ त्रिपूरा सुन्दरी नगरपालिकामा । अव आउने नेतृत्वले पनि मिसन ८४ सफल पार्नपर्ने ठुलो चुनौति पनि रहेको धेरै नेताहरुको बुझाई रहेको छ ।

नगर कमिटी अधिवेशनमा अन्य बिभिन्न पार्टी परित्याग गरि नेकपा (एमाले) मा प्रवेश गरेका छन । नन्द बहादुर शाही  वडा न.-१ हैता झाक्री (माओबादी केन्द्र) त्रिपुरासुन्दरी नगरपालिका वडा न.-५  सुनराम सार्की (माओबादी केन्द्र) त्रिपुरासुन्दरी नगरपालिका वाड न.-१ तुलरुपा सार्की (माओबादी केन्द्र) त्रिपुरासुन्दरी नगरपालिका वडा न.-६ का रहेकाछन ।

नगर कमिटी अधिवेशन सँगै नेकपा (एमाले) को वडा तह सम्मको तिन महिने अभियान समेत संगसँगै लैजाने र अभियानको काम पनि तिव्र भइ रहेको नेकपा (एमाले)  डोल्पाका पार्टी अध्यक्ष लंक बहादुर रोकायाले जानकारी दिए । रोकायले भने हरेक दिन हरेक नेताहरुले तोकिएको जिम्मेवारीमा रहेर अभियानमा काम गरि रहेका छन र नगरेकाहरुको पनि तथ्याङ्क राखिएको बताए ।

नेकपा (एमाले) डोल्पा जिल्ला सवै भन्दा ठुलो पार्टि रहेको र अव स्थानीय तहका अधिवेशनका साथै ३ महिने अभियानले झनै ठुलो लहर एमालेमा आउने केन्द्रीय सदस्य एवम डोल्पा जिल्ला इन्चार्ज बदमीक्वारा बोहोराले बताइन । बोहोराले भनिन ८४ मा पनि त्रिपूरा सुन्दरी नगरपालिकामा नेकपा (एमाले) ले नेतृत्व गर्छ हरेक क्षेत्रवाट सवै लागि पर्न जरुरी छ ।

त्रिपूरा सुन्दरी नगरपालिकाको चौथो नगर कमिटी अधिवेशनमा नेकपा (एमाले)  प्रदेश कमिटी सदस्यहरु,प्रदेश निर्वाचन क्षेत्र (ख) ईन्चार्ज,पालिका ईन्चार्ज जिल्ला पार्टीका अध्यक्ष एवम पदाधिकारीहरु,भुमी व्यवस्था डोल्पाका अध्यक्ष,नगरप्रमुख तथा उपप्रमुख र अन्य जिल्ला तथा पालिकाका नेता पार्टिका भातृसंगठनका अध्यक्षहरु एवम कार्यकर्ताहरुको उपस्थिति रहेको छ ।