सरस्वती माध्यामिक बिधालयमा ११ सदस्यीय जुनियर रेडक्रस साेसाईटी गठन

जैतुन अनलाइन | २०८० मङ्सिर २४ गते आइतवार

२४,मंसिर, डाेल्पा:  डाेल्पाकाे सदरमुकाम दुनै बजारमा रहेकाे सरस्वती माध्यामिक बिधालयमा ११ सदस्यीय जुनियर रेडक्रस साेसाईटी गठन गरिएकाे छ। नेपाल रेडक्रस साेसाईटी डाेल्पा शाखाका उपसभापति दिलमाया के.सीकाे अध्यक्षता सरस्वती माबि दुनैमा भएकाे भेलाबाट स.उ.मा.बि. जुरेस काे अध्यक्षमा मनविर कार्की,उपाध्यक्षमा बिनिशा शाही,सचिवमा तिलकराज राेकाया,सहसचिवमा रक्षा राना मगर,काेषाध्यक्षमा प्रेमा बुढा मगर, सहकाेषाध्यक्षमा गगन राेकाया, सदस्यहरुमा मणिप्रसाद के.सी,अर्चना बि.क, प्रशान्त बुढा मगर,सृजना मल्ल,बिनिता महतारा सहितकाे ११ सदस्यीय जुनियर रेडक्रस साेसाईटी गठन गरिएको नेपाल रेडक्रस साेसाईटी डाेल्पा शाखाका मन्त्री गाेरख बहादुर बुढाले जानकारी दिएका छन ।
बिधालय स्तरकाे जुरेस समितिले विभिन्न किसिमका गतिविधिमा सेवामुलक भावनाले सकरात्मक भुमिका खेल्नेछन् ।