
भदौ २०,
डोल्पा : डोल्पाको सदरमुकाम दुनैमा बाजुराबाट आएका एक मूर्तिकारले बिना औजार भगवानका मूर्ति बनाउँदै आएका छन्। सिमेन्ट तथा अन्य सामग्रीलाई विशेष सीप र हातकै प्रयोगबाट आकर्षक धार्मिक मूर्तिको स्वरूप दिने उनको कलाले स्थानीय तथा सर्वसाधारणको ध्यान खिचेको छ।
बाजुरा जिल्ला बुढिनन्दा गाउँपालिका ६ का मूर्तिकार कर्णप्रसाद जैसीले डोल्पा सदरमुकाम दुनैमा ‘जैसी मूर्तिकला केन्द्र’ नामको फर्म सञ्चालन गरी सिमेन्टबाट विभिन्न देवीदेवताका आकर्षक मूर्ति निर्माण गरिरहेका छन्। शिव,दुर्गा,कृष्ण,मष्टो,गणेश र शिवलिङ्ग जस्ता आधा दर्जन भन्दा धेरै मुर्तिहरु तयार पारेका छन ।

मूर्तिकार जैसीले आधुनिक औजारको प्रयोगसँगै आफ्नो कलात्मक सीप र अनुभवलाई उपयोग गर्दै सिमेन्टबाट भगवानका सुन्दर तथा आकर्षक मूर्ति तयार पार्दै आएका छन्। उनले निर्माण गरेका मूर्तिमा देवीदेवताका आकृति, अनुहारका भावभङ्गिमा तथा सूक्ष्म कलात्मक पक्षलाई विशेष ध्यान दिने गरेका छन्।
दुनैमा फर्म स्थापना गरेर मूर्तिकला व्यवसायलाई निरन्तरता दिँदै आएका जैसीले स्थानीय मागअनुसार विभिन्न आकार र स्वरूपका धार्मिक मूर्ति निर्माण गर्ने गरेका छन्। उनको मूर्तिकलाले धार्मिक आस्था र नेपाली मौलिक कलालाई जोड्ने काम गरेको छ।

विशेषगरी देवीदेवताका मूर्ति निर्माण तथा धार्मिक स्थलको सौन्दर्यीकरणका लागि आवश्यक मूर्ति तयार गर्ने उद्देश्यले फर्म सञ्चालनमा ल्याइएको जैसीले बताएका छन्। दुर्गम हिमाली जिल्ला डोल्पामा बसेर स्थानीय स्तरमै मूर्ति निर्माणको काम हुन थालेपछि धार्मिक स्थलका लागि आवश्यक मूर्ति बाहिरी जिल्लाबाट ल्याउनुपर्ने बाध्यता समेत कम हुने अपेक्षा गरिएको छ। साथै, यस्ता सिर्जनात्मक कामले स्थानीय स्तरमा कला तथा सीपको प्रवर्द्धनमा समेत योगदान पुग्ने देखिन्छ।
सामान्य औजारको प्रयोगबिना मूर्तिमा आँखा, अनुहार, हातखुट्टा तथा अन्य सूक्ष्म आकृति निकाल्नु उनको कलाको विशेषता बनेको छ। डोल्पा जस्तो हिमाली जिल्लामा बाहिरी जिल्लाबाट आएका कलाकारले आफ्नो मौलिक सीप प्रदर्शन गर्नुले स्थानीय कला, संस्कृति र धार्मिक सम्पदाप्रतिको चासोलाई समेत थप उजागर गरेको छ।

बाजुरा जिल्ला बुढीनन्दा गाउँपालिका–६ का कर्णप्रसाद जैसीले डोल्पा सदरमुकाम दुनैमा विभिन्न प्रकारका मूर्ति निर्माण गर्दै बजारको खोजी गरिरहेका छन्। जैसीले आफ्नो कला र सीपमार्फत सिमेन्टलगायतका सामग्री प्रयोग गरी आकर्षक देवीदेवताका मूर्ति तयार पार्दै आएका छन्। दुनैमा मूर्ति निर्माण गरी स्थानीय तथा आसपासका क्षेत्रमा यसको बजार खोजी गर्दै उनले आफ्नो व्यवसायलाई विस्तार गर्ने प्रयास गरिरहेका छन्।
मूर्तिकार जैसीले निर्माण गरेका मूर्ति धार्मिक तथा सांस्कृतिक प्रयोजनका लागि उपयोगी हुने भएकाले स्थानीय क्षेत्रमा यसको माग र सम्भावित बजार खोजी गरिरहेको बताएका छन्। आफ्नो सीपलाई व्यवसायसँग जोडेर दुर्गम हिमाली जिल्लामा समेत मूर्तिकलाको पहिचान स्थापित गर्ने उनको प्रयास छ।
