डोल्पामा एक्जाभेटर दुर्घटना हुँदा चालकको मृत्यु

जैतुन अनलाइन | २०८३ साउन २७ गते बुधवार

श्रावण २७,

दुनै : डोल्पाको ठुलीभेरी नगरपालिका-२ लोचा गाउँको सडक निर्माणका क्रममा एक्जाभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  बुधबार बिहान करिब १०ः३० बजे दुनैबाट लोचागाउँतर्फ नयाँ सडकको ट्र्याक खोल्ने क्रममा ना.बा.प्र. ०१–००१ ग ४२१०  एक्जाभेटर सडकबाट करिब ५०–६० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक अनिलराज गिरीले जानकारी दिए ।

डएसपी गिरीका अनुसार  एक्जाभेटर दुर्घटनामा परि  ठुलीभेरी नगरपालिका वडा नम्बर ६ काँडातालीका अन्दाजी ३१ वर्षीय मन्दिर रोकायाको मृत्यु भएको बताए। चालक रोकाया घाइते अवस्थामा रहेको दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी नायब निरीक्षक सञ्जीव गुप्ताको कमाण्डमा सात जनाको टोली घटनास्थल पुग्यो घाईते जिल्ला अस्पताल पुर्याउदा उपचारको क्रममा करिब सभा १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक अनिलराज गिरीले बताए ।

डिएसपी गिरीले भने दुर्घटनापछि स्थानीयको सहयोगमा घाइते रोकायलाई उपचारका लागि जिल्ला अस्पताल दुनै ल्याइएको थियो। उनलाई बिहान करिब ११ः२० बजे अस्पताल पुर्‍याइएको हो तर उपचारका क्रममा उनको नाकबाट रगत बग्नुका साथै बायाँ खुट्टा र पेटमा चोट लागेको थियो ।  गम्भीर घाइते रोकायको उपचारकै क्रममा दिउँसो १ः२० बजे मृत्यु भएको जिल्ला अस्पताल परिवारले जानकारी दियो घाईतेलाइ बचाउन सकिएन भन्दै डिएसपी गिरीले दुख ब्यक्त गरे । घटनावारे थप अनुसन्धान भई रहेको गिरीले जानकारी दिए ।

घटना जिल्ला प्रहरी कार्यालय डोल्पाबाट करिब ७ किलोमिटर पूर्वको क्षेत्रमा पर्ने लोचा गाउँ नजिक हो । नेपाल प्रहरीका अनुसार एक्जाभेटर ठुलीभेरी नगरपालिकाको कार्यालयको रहेको जनाएको छ । निर्माण व्यावसायी को हुन र के कसरी काम गर्दा दुर्घटना भएको हो नेपाल प्रहरीले विस्तृत अनुसन्धान गरि रहेको जनाएको छ ।

 नगरपालिकाका नगरप्रमुख श्वर्ण कुमार बुढाले ९ लाख तिरेर भएनि हेलीकप्टर चार्टर गरेर पोखरा पुगेको हेलीकप्टर जिल्ला अस्पताका डाक्टर नविन शाहीले बिरामीको अवस्था नाजुक रहेको र बाच्ने सम्भाना नरहेको जानकारी गराएको ठुलीभेरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मनराम ठकुल्लाले जानकारी दिए । वडा अध्यक्ष ठकुल्लाले भने प्रमुख जिल्ला अधिकारी र नगरप्रमुख घाइतेको उपचारको लागी हदै सम्मको लागेर काम गर्नु भयो तर हेलीकप्टर काठमाण्डौ वाट पोखरा नपुग्दै घाईतेको मृत्यु भएको जिल्ला अस्पताले घोषणा गरेपछि हेलीकप्टर काठमाण्डौ नै फर्काईएको बताए । काठमाण्डौवाट पोखरा सम्म उडेको फिष्टेल एयरको हेलीकप्टरको लाग्ने खर्च नगरपालिकाले व्यवस्था गर्ने समेत नगरप्रमुले प्रतिबद्धता जनाएको वडा अध्यक्ष ठकुल्लाले जानकारी दिए ।