काइके गाउँ समितिको एकता बैठक सम्पन्न : ९९ सदस्यीय समिति गठन
जैतुन अनलाइन |
२०८३ साउन २१ गते बिहिवार
श्रावण २१,
डोल्पा : नेपाली कम्युनिष्ट पार्टी काइके गाउँ समितिको ९९ सदस्यीय एकता बैठक सम्पन्न भएको छ। बिहिवार काईके गाउँपालिकामा एक बिशेष कार्यक्रमका बिच बसेको बैठकले गाउँ समितिलाई पूर्णता दिँदै विभिन्न वडा तथा जनवर्गीय संगठनका जिम्मेवारीसमेत टुंग्याएको सह–संयोजक बबि किशोर गुरुङले जानकारी दिए ।
पालिका संयोजक हिमबहादुर रोकायाको अध्यक्षातामा एकता बैठक बसी उक्त बैठकले काईके गाउँपालिकाका सबै वडा इन्चार्ज, सह–इन्चार्ज, संयोजक तथा सह–संयोजक लगायत केही महत्वपूर्ण विभाग तथा जनवर्गीय संगठन/मोर्चाका प्रमुख, उपप्रमुख, इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारीसमेत टुंगो लगाएको गुरुङ्गले बताए ।
त्यसैगरी बैठकले विशेष समसामयिक प्रस्ताव पारित गर्दै संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिने निर्णय गरेको काईके गाउपालिका ईन्चार्ज लोकेन्द्र रानाले जानकारी दिए। ईन्चार्ज रानाका अनुसार काईके गाउँपालिकामा अब नियमित रुपमा संगठित सदस्यता नवीकरण तथा वडा एकता बैठक भोलिदेखि वडा–वडामा सञ्चालन गरी श्रावण मसान्तभित्र सम्पन्न गर्ने निर्णयसमेत गरिएको बताएका छन।
नेपाली कम्युनिष्ट पार्टीले एकता भेला तथा बैठकहरु नियमित रुपमा गरि रहेको छ । सोहि अनुसार बिहिवार नेकपाका बिभिन्न तहका नेताहरुको उपस्थितिमा काईके गाउँपालिकामै एकता बैठक गरेको हो । बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज मालबहादुर रोकाया प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए । त्यस्तै काईके गाउँपालिकाको एकता बैठकमा केन्द्रीय सदस्य बुद्धि झाँक्री, जिल्ला सह–संयोजक बबि किशोर गुरुङ, प्रदेश ‘क’ संयोजक धर्मलाल बुढा, पालिका इन्चार्ज लोकेन्द्र राना र सह–इन्चार्ज ओमकार रोकाया विशेष अतिथिका रूपमा सहभागी रहेका हुन ।
काइके गाउँ समितिको एकता बैठकले संगठनात्मक एकतासँगै समसामयिक जनसरोकारका विषयलाई समेत प्राथमिकतामा राखेको देखिएको छ।