
श्रावण १४,
डाेल्पा : डोल्पामा विद्यालयबाट घर फर्किँदै गरेका एक बालक सडकमा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङस्थित फोक्सुण्डो आधारभूत विद्यालयबाट पढाइ सकेर करवगाडतर्फ जाँदै गरेका करिब ११ वर्षका वीरेन्द्र रोकाया भेरी करिडोर सडकखण्डको हसु खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

प्रहरीका अनुसार बालक विद्यालय पोशाक र झोलासहित मृत अवस्थामा फेला परेको र उनी उक्त विद्यालयमा कक्षा २ मा अध्ययनरत छात्र रहेको जनाइएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक पदम रावलको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए ।