
श्रावण ०५,
डोल्पा : डोल्पामा नेपाल वायु सेवा निगमले हप्तामा दुईदिन उडान भर्ने भएको छ । बाँकेको नेपालगञ्ज विमानस्थलदेखि नेपाल वायु सेवा निगमको जहाजले डोल्पाको जुफाल विमानस्थलमा नियमित हवाई सेवा विस्तार गर्दै अब हप्तामा दुई दिन उडान सञ्चालन गर्ने भएको छ।
नेपाल वायुसेवा निगम डोल्पा स्टेशनका अनुसार नेपालगञ्ज विमानस्थलबाट डोल्पाको जुफाल विमानस्थलसम्म हप्ताको प्रत्येक मङ्गलबार र बिहीबार नियमित उडान हुनेछ। यसअघि निगमको जहाजले हप्ताको मङ्गलबार मात्रै उडान गर्दै आएको थियो।
यात्रुहरूले उडानको टिकट ई-सेवामार्फत अनलाइनबाट पनि सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको डाेल्पा स्टेशनका सहायक कर्मचारी डम्मरबहादुर खत्रीले जानकारी दिएका छन। निगमको सेवा असार २३ गतेदेखि केही समय बन्द रहेकोमा अब पुनः नियमित रूपमा सञ्चालनमा आउने जनाइएको छ। निगमका अनुसार डोल्पाबाट नेपालगञ्जसम्मको टिकट ८ हजार ३५५ रुपैयाँ र नेपालगञ्जबाट डोल्पासम्मको टिकट ८ हजार ४५५ रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।