ठुलीभेरीमा विद्युतीय हाजिरी लागू : “समयमै हाजिर, सेवामा सुधार”

जैतुन अनलाइन | २०८३ साउन ५ गते मङ्गलवार

डाेल्पा : डाेल्पाकाे ठुलीभेरी नगरपालिकामा बिधुतीय ( बायाेमेट्रिक) हाजिरी संचालनमा आएकाे छ। ठूलीभेरी नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवालाई अझ बढी प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यले नगरपालिकाकाे कार्यालयमा विद्युतीय (बायोमेट्रिक) हाजिरी प्रणाली जडान गरी सञ्चालनमा ल्याइएको ठुलीभेरी नगरपालिका डाेल्पाका नगर प्रमुख सुवर्ण कुमार बुढाले बताएका छन।

कार्यालयको प्रशासनिक सुशासनलाई मजबुत बनाउन, कर्मचारीहरूको उपस्थितिलाई नियमित र पारदर्शी राख्न तथा सेवाग्राहीलाई समयमै  सहज रूपमा सेवाप्रवाह गर्ने वातावरण थप सुदृढ गर्न यो प्रणालीको व्यवस्था गरिएको नगर प्रमुख बुढाले बताए छन। बिज्ञान प्रविधिकाे युगमा हामी पनि समय अनुसार चल्नु पर्ने भएकाे हदा आगामी दिनमा बिधुतीय हाजिरी पालिका भित्रका सबै वडा तथा निकायमा जडान गरिने उनले बताए । बिधुतिय हाजिरी जडान पनि पालिकाकाे उपलब्धि भित्र पर्ने नगर प्रमुख बुढाले बताएका छन ।

विद्युतीय हाजिरी प्रणालीको सञ्चालनबाट कार्यालयको समग्र कार्यक्षमतामा सकारात्मक सुधार आउने र यसले सेवा प्रदायक निकायलाई थप जिम्मेवार बनाउनुकाे साथै सेवाग्राहीलाई समयमै सेवा लिन सहज हुने बिश्वास रहेकाे ठुलीभेरी नगरपालिका डाेल्पाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष बहादुर खड्काले बताएका छन। पछिल्लो समय डाेल्पाका स्थानीय तहहरुमा सेवा प्रवाहमा सुदृढ गर्ने भन्दै बिधुतीय हाजिरी जडान गर्ने कार्य धमाधम गरिरहेका छन। तर यसलाई कत्तिको कार्यनयन गर्ने हुन भन्ने बिषयमा आगामी दिनमा देखिने छ।