
असार २६,
जगदुल्ला डोल्पा : जगदुल्ला गाउँपालिका-५ गैरी गाउँका बाढि पिडितले राहत पाउने काम निरन्तर जारी रहेको छ । पालिकाकै नेता तथा ब्यापारिले बाढि पिडीतहरुलाइ राहत हस्तानतरण गरेको छन। जगदुल्ला गाउँपालिका १ का निर्माण व्यासायी तथा नेता धनचन्द्र बैजी र व्यावसायी हेम बहादुर महतारा (कार्माछिरिङ्ग) ले पिडीतलाइ राहत प्रदान गरेका हुन ।
गैरीगाउँ बाढि पिडीतलाइ नेता बैजीले १ लाख २२ हजार रकम बराबरको ५० बोरा चामल हस्तानतरण गरेका छन भने व्यावसायी एवम नेता महताराले फाईवर सिरक ४ थान,डस्ना ४ थान,आटा ३६ प्याक,तेल ५ पेटी,चिउरा बोरी,मसुरोको दाल २ बोरी,नुन ५० केजी गरी ४९ हजार ४ सय रकम बराबरको खाधन्न तथा दैनिक उपभोग्य सामाग्री र लत्ताकपडा हस्तानतरण गरेका छन । यस्का साथै महताराले बिरामीको उपचार खर्च १० हजार र मृतकका परिवारलाई क्रिया खर्च स्वरुप १० हजार नगद सहित कुल ७९ हजार ४ सय रकम बराबरको सहयोग प्रदान गरेका छन ।

जगदुल्ला गाउँपालिका वडा नं. ५ मा पर्ने गैरीगाउँ खाेलामा आएकाे बाढी पहिराेबाट घाइते ४४ बर्षिया रेउली बि.क लाई नेपाली सेनाकाे हेलिकप्टरबाट उद्वार गरी हाल सुर्खेतमा उपचार भई रहेको छ । बाढीमा परि घाइते भएकी आनन्दी विकलाई उद्धार गरी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा मृत्यु भएको थियो भने दर्जन भन्दा धेरै घरमा क्षेति भएको थियो । गएको २१ गते राति बाढिमा परेर पिडित रहेका घर परिवारहरुलाई पालिकाले उति नै सयमा राहत प्रदान गरेको थियो भने जिल्लाको बिपत कमाण्ड फोर्स र जगदुल्ला हाईड्रो पावरले समेत राहत प्रदान गरी सकेका छन ।