डोल्पावाट गर्भवती नर्सकाे हेलिकप्टरद्वारा उद्वार

जैतुन अनलाइन | २०८३ असार २६ गते शुक्रवार

असार २६,

डोल्पा : डोल्पाबाट एक जना गर्भवती महिलाको उद्धार गरिएको छ ।जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-०१ त्रिपुराकोटकी २८ वर्षीय सविता बोहोराको जटिल स्वास्थ्य अवस्था देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

बोहोरालाई प्रसूतिका लागि सदरमुकाम दुनैस्थित जिल्ला अस्पताल ल्याइएको थियो। तर अस्पतालमा सहज रूपमा सुत्केरी गराउन सम्भव नभएको भन्दै चिकित्सकको सिफारिसपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरमार्फत उद्धारगरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन्।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत डोल्पामा सहज सुत्केरी उद्दार हुने गरेको बताउँदै प्रजिअ हमालले विपदमा परेका बेला समेत यसको आवश्यक रहेको बताइन् । उद्वार गरिएकी बाेहाेरा स्टाफ नर्सकाे रुपमा जिल्ला अस्पताल डाेल्पाका कार्यरत छिन।